close

ट्वीटर भेरिफिकेसन पुनः सुचारू हुँदै

टेकपाना टेकपाना

मंसिर ११, २०७७ ८:३३

ट्वीटर भेरिफिकेसन पुनः सुचारू हुँदै

काठमाडौं । लामो समयदेखि बन्द भएको ट्वीटर भेरिफिकेसन प्रक्रिया पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार सन् २०२१ को सुरुवातसँगै उक्त फिचर पुनः प्रयोगकर्तामाझ उपलब्ध हुनेछ । तर, त्यसका लागि आवश्यक नीति परिमार्जन हुनेछ ।

कम्पनीले नयाँ गाइडलाइनका साथ उक्त फिचरको सुरुवात गर्ने जनाएको छ । यसअघि यो विषयमा चिनियाँ रिसर्चर जुन म्यान्चु वाङले यसबारे जानकारी सार्वजनिक गरेकी थिइन् । उनले ट्वीटर भेरिफिकेसनका लागि नयाँ सिस्टम रोल आउट गर्ने तयारीमा रहेको बताएकी थिइन् ।

उनको उक्त ट्वीटमा कुनै प्रतिक्रिया नदिएको ट्वीटरले अब भने आफ्नो ब्लग पोस्टमार्फत यसबारे जानकारी दिएको हो । उक्त ब्लग पोस्ट अनुसार भेरिफिकेसन फिचर सन् २०२१ को सुरुवातबाट सुरु हुनेछ । कम्पनीले भेरिफिकेसनका लागि आवश्यक ड्राफ्ट समेत सार्वजनिक गर्दै त्यसमा आवश्यक सुझाव समेत माग गरेको छ ।

हाल उपलब्ध भएको ड्राफ्टमा कुनै किसिमको परिवर्तन भएको खण्डमा सरकारी अकाउण्ट, कम्पनी, ब्राण्ड, नन–प्रोफिट अर्गनाइजेशन, न्युज मिडिया अकाउण्ट, इन्टरटेन्मेन्ट अकाउण्ट, स्पोर्स, एक्टिभिस्ट, अर्गनाइजर र सामजमा प्रभाव पार्ने व्यक्तिका ट्वीटर ह्याण्डल भेरिफिकेसनका लागि योग्य हुनेछन् ।

यी सबैका लागि छुट्टै प्रावधान राखिएको छ । जसमा मिडियामा त्यसबारे छापिएको हुनुपर्ने लगायत रहेका छन् । उक्त ड्राफ्ट अनुसार यदि कुनै व्यक्ति तथा संस्थाको ह्याण्डल भेरिफाइड भइसकेको छ भने उक्त ह्याण्डलको बायो र नाम परिवर्तन गरिएको खण्डमा भेरिफिकेसन खोसिने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०