close

‘मेरो कारोबार’का ग्राहक एक हजारले नाघे, अब थोरै मूल्यमै प्याकेज किन्न सकिने

टेकपाना टेकपाना

मंसिर २०, २०७७ ९:२५

‘मेरो कारोबार’का ग्राहक एक हजारले नाघे, अब थोरै मूल्यमै प्याकेज किन्न सकिने

काठमाडौं । साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लक्षित गर्दै माेफसलका केही युवाले गत बुधबार सार्वजनिक गरेको मेरो कारोबार एपका प्रयोगकर्ता बढेका छन् ।

शुक्रबारसम्म मेराे काराेबारका ग्राहक १२ सय ५० पुगेकाे जानकारी यसका डेभलपर एवं बाइटकेयरका संस्थापक समिर फुँयालले दिए ।

यसै सन्दर्भमा कम्पनीले एप प्रयाेग गर्नेहरूका लागि ६ महिना र एक वर्षको प्याकेजमा मूल्य घटाएकाे छ । अब ६ महिनाको लागि एक हजार र एक वर्षका लागि दुई हजार रुपैयाँको प्याकेज छ ।

No description available.

‘पसलको हिसाब किताबलाई रेकर्डका लागि राख्न हामीले नेपाली डिजिटल खाता बनाएका हौं,’ समिर भन्छन्, ‘साना तथा मध्यम पसलहरुलाई लक्षित गरी बनाएको यो एपमा अब पसलेहरुले आफ्नो सबै कारोबार, बाँकी लगायतका हिसाब सुरक्षित र विश्वासिलो तरिकाले राख्न सक्छन् ।’

यसमा ग्राहकको नाम, फोन नम्बर, कारोबार विववरण तथा पैसा सबै कुरा राख्न मिल्छ । कसैले १० दिनमा पैसा दिन्छु भनेको छ भने त्यसको पनि रिमाइण्डर राख्न मिल्ने समिर बताउँछन् । यसले किराना तथा साना पसलको कारोकारलाई नै पेपरलेस बनाउन सक्ने उनी अपेक्षा गर्छन् ।

याे पनि पढ्नुहाेस् : उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप : मेरो कारोबार

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०