close

७००० एमएएच ब्याट्री क्षमता भएको सामसङ ग्यालेक्सी एम ५१ आजबाट बजारमा

टेकपाना टेकपाना

मंसिर ३०, २०७७ १८:३०

७००० एमएएच ब्याट्री क्षमता भएको सामसङ ग्यालेक्सी एम ५१ आजबाट बजारमा

काठमाडौं । सामसङको एम सिरिजअन्तर्गत ग्यालेक्सी एम ५१ स्मार्टफोन नेपाली बजारमा मंगलबारदेखि उपलब्ध भएको छ । ७००० एमएएचको ब्याट्रीका साथ भित्रिएको फोनमा स्न्यापड्र्यागन ७३० जी प्रोसेसर छ । यो नेपाली बजारमा उपलब्धमध्ये सबैभन्दा बढी व्याट्री क्षमता भएको फोन हो ।

६.७ ईन्चको एसएमलोड प्लस इन्फिनिटी ओ डिस्प्ले रहेको फोनमा ६४ मेगापिक्सेलको क्वाड क्यामेरा छ । ग्यालेक्सी एम सिरिज स्मार्टफोनले छोटो अवधिमा नेपाली प्रयोगकर्ता माझ लोकप्रिय बन्दै गएको छ ।

‘ग्यालेक्सी एम५१ प्रस्तुत गरेसँगै हामी फोनप्रतिको विरासतलाई अझै माथि उठाउन सक्षम भएका छौं,’ सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले भने, ‘सदैब नयाँ कुराको प्रयोग गर्न रुचाउनेहरुले यो मोबाइल सेटमा आफूले खोजेको हरेक सुविधा प्राप्त गर्नेछन् ।’

यसमा एम सिरिजमा रिडिफाइन फिचरहरु राखिएका छन् । यसमा ७००० एमएएचको ब्याट्री राखिएको छ । यसमा भएका सुविधा एवं विशेषताहरुले यसको क्याम्पेन लाइन ‘मिनेस्ट मोन्सटर एभर’ लाई समेत पुष्टि गरेको स्थापित बताउँछन् ।

कम्पनीका अनुसार फोनमा इन्टलिजेन्ट अन डिभाइस क्वालकम एआई इन्जिन, क्वालकम स्न्यापड्रागन इलाइट गेमिङ जस्ता सुविधाहरु तथा स्न्यापड्रागन ७३० जी को साथ एचडीआर गेमिङ, फोरके एचडीआर भिडियो, क्याप्चरजस्ता सुविधा रहेको कम्पनीले जनाएको छ । फास्ट चार्जिङका लागि फोनमा २५ वाटको चार्जर उपलब्ध राइएको छ ।

एसएमलोड प्लसका साथमा इन्फिनिटी डिस्प्ले

ग्यालेक्सी एम ५१ फोनमा ६.७ इन्चको एसएमलोड प्लसका साथ इन्फिनिटि–ओ डिस्प्ले छ । एसएमलोडको तुलनामा एसएमलोड प्लस डिस्प्ले १३ प्रतिशत पातलो तथा १२ प्रतिशत हलुका हुने कम्पनीले जनाएको छ भने यसले ब्याट्रीको पावर खपत पनि कम गर्नेछ ।

६४ मेगापिक्सेल क्वाड क्यामरा

फोनमा ६४ मेगापिक्सेलको प्राइमरी सेन्सर, १२ मेगापिक्सेलको अल्ट्रा वाइड सेन्सर, ५ मेगापिक्सेलको म्याक्रो लेन्स र ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । यसैगरी यो फोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ । जसमार्फत फोरके भिडियो खिच्न सकिने छ ।

मूल्य तथा उपलब्धता

यो फोन ६/१२८ जीबी तथा ८/१२८ जीबी र्‍याम र स्टोरेज क्षमताका साथ बजारमा उपलब्ध भएको छ । इलेक्ट्रिक ब्लु तथा सेलेस्टियल ब्ल्याकमा उपलब्ध यो फोनको बजार मूल्य क्रमसः ३९ हजार ९ सय ९९ तथा ४३ हजार ९ सय ९९ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४