close

ब्यालेन्स सकियो ?, यसरी लिनुहोस टेलिकमबाट सापटी

टेकपाना टेकपाना

पुस १, २०७७ १०:२६

ब्यालेन्स सकियो ?, यसरी लिनुहोस टेलिकमबाट सापटी

काठमाडौं । नेपाल टेलिकमले एक वर्ष अघिबाट प्रिपेड ग्राहकलाई क्रेडिट सेवा उपलब्ध गराउँदै आएको छ । जसमा नमस्ते क्रेडिट स्किम अन्तर्गत सेवाग्राहीहरुले पाँच रुपैयाँ देखि २० रुपैयाँसम्मको क्रेडिट लिन सक्छन् ।

ब्यालेन्र सकिएर फोन सम्पर्क गर्न नपाएको अवस्था यो सुविधा उपयोगी हुन सक्छ । यो सुविधा यसरी सुरु गर्न सकिन्छ ।

यो सेवा सुरु गर्न प्रयोगकर्ताले START (स्टार्ट) टाइप गरी १४७७ मा एसएमएस गर्नुपर्ने हुन्छ । आफ्नो सेवा सुरु भए नभएको थाहा पाउन STATUS (स्टाटस) टाइप गरेर १४७७ मा पठाउनु पर्नेछ ।

एकपटक यो सेवा सुरु भएपछि आफैले बन्द नगर्दा सम्म अर्कोपटक पनि सापटी सेवा निरन्तर हुनेछ । यदि तपाई यो सेवा बन्द गर्न चाहनुहुन्छ भने STOP (स्टप) टाइप गरेर १४७७ मै एसएमएस गर्नुपर्ने हुन्छ ।

टेलिकमका अनुसार यो सेवा प्रयोग गर्दा कुनै किसिमको अतिरिक्त शूल्क लाग्ने छैन । अर्कोपटक रिचार्ज गर्दा लिएको सापटी बराबरको शूल्क रिचार्जबाट काटिनेछ ।

नेपाल टेलिकमले सापटी सुविधा आफ्नो सेवा निरन्तर लिने र नेटवर्कमा लगातार जोडिनेको आधारमा विभिन्न सेवाग्राहीलाई फरकफरक रुपमा उपलब्ध गराउनेछ । आफ्नो सापटी सिमा बढाउन टेलिकमको सेवा निरन्तर प्रयोग गर्नु पर्नेछ ।

यो सेवा टेलिकमका जीएसएम र सीडीएमए प्रयोगकर्ताहरुले प्रयोग गर्नसक्ने छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४