close

इन्टरनेट र मोबाइल सेवामा गुनोसो छ ? अनलाइनबाटै यसरी दिनुहोस् उजुरी

टेकपाना टेकपाना

पुस २, २०७७ ९:६

इन्टरनेट र मोबाइल सेवामा गुनोसो छ ? अनलाइनबाटै यसरी दिनुहोस् उजुरी

काठमाडौं । गुनासो दर्तालाई व्यवस्थित गर्ने उद्देश्यका साथ दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ‘कम्प्लेन ह्यान्डलिङ सिस्टम’ सञ्चालनमा ल्याएको छ । मंगलबार सार्वजनिक गरिएको उक्त सिस्टममार्फत प्रयागकर्ताले इन्टरनेट तथा टेलिफोन सेवासँग सम्बन्धित गुनासो सहज रुपमा दर्ता गर्न सक्नेछन् ।

यसअघि दूरसञ्चार सेवाको गुनासो नियामकमा दर्ता गर्ने व्यवस्थित माध्यम नहुँदा मर्कामा परिरहेका प्रयोगकर्तालाई मध्यनजर गर्दै प्राधिकरणले यो सिस्टम विकास गरी सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अनुसार यसअघिसम्म गुनासो दर्ता गर्न प्रयोगकर्ताले प्राधिकरणलाई ईमेल गर्नुपर्ने झन्झट थियो ।

दूरसञ्ञ्चार सेवाको प्रयोग दैनिक रुपमा बढिरहेको छ । सेवाको दायरा बढ्दै जाँदा गुनासो गर्ने प्रक्रिया भने झन्झटिलो हुनु व्यवहारी नभएको भन्दै प्राधिकरणले यसलाई व्यवस्थित गर्ने तयारी गरेको हो ।

प्राधिकरणले ल्याएको उक्त सिस्टममार्फत प्रयोगकर्ताले सहजै आफ्नो गुनासो दर्ता गर्न सक्नेछन् । प्रयोगकर्ताले उक्त गुनासो सोझै प्राधिकरणको सिस्टममा उपलब्ध हुनेछ । प्राधिकरणले त्यही सिस्टममार्फत कुन सेवा प्रदायकको नाममा गुनासो आएको हो, उक्त सेवा प्रदायकलाई त्यही सिस्टममार्फत असाइन गर्नेछ ।

उक्त सिस्टममै आफुले गरेको गुनासोको अवस्था के छ ? गुनासोको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषय पनि प्रयोगकर्ताले आफैले हेर्न सक्नेछन् । यसले गुनासो दर्ता तथा त्यसको समाधान छिटो हुने विश्वास प्राधिकरणले लिएको छ ।

यहाँ हामी तपाईंलाई नियामक निकायमा इन्टरनेट तथा टेलिफोन सेवासँग सम्बन्धित गुनासो कसरी दर्ता गर्ने भन्ने बारेमा सिकाउँदै छौं ।

त्यसका लागि सुरुमा नेपाल दूरसञ्चार प्राधिकरणको वेबसाइट खोल्नुहोस् । वेबसाइट दायाँ साइडको माथि तपाईंले भाषा परिवर्तन गर्न सक्नुहुनेछ । यदि नेपालीमा परिवर्तन गर्ने हो भने नेपाली झन्डा र अंग्रेजी भाषा प्रयोग गर्ने हो भने ‘बेलायती’ झन्डामा क्लिक गर्नुहोस् ।

हामी यहाँ नेपाली भाषामा तपाईंलाई जानकारी दिने भएकाले नेपाली भाष छनोट गरी अघि बढ्ने छौं ।

अब तपाईं वेबसाइटको केही तल जानुहोस् त्यहाँ तपाईंले ‘लिंक्स’ भन्ने सेक्सन देख्नुहुनेछ । त्यसको भित्र रहेको विभिन्न अप्सनमा मध्य ‘गुनासो व्यवस्थापन प्रणाली’ (Complain Handling System) रहेको छ ।

उक्त अप्सनमा क्लिक गरेसँगै नयाँ वेबपेज खुल्नेछ । यदि यसअघि नै अकाउण्ट भएको खण्डमा इमेल र पासवर्ड हाली लग–इन गर्न सक्नुहुनेछ । यदि तपाईं नयाँ हो भने तल रहेको ‘डु नट ह्याभ एन अकाउण्ट ? अप्सनमा क्लिक हियर टु रजिस्टर’ भन्ने ठाउँमा ‘हियर’ मा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गरेसँगै त्यहाँ दर्ताको लागि फर्म खुल्नेछ । जहाँ तपाईंले आफ्नो विवरण (नाम, मोबाइल नम्बर, इमेल, पासवर्ड) भरी अन्त्यमा रहेको ‘रजिस्टर’ भन्ने अप्सनमा क्लिक गरी दर्ता गर्न सक्नुहुनेछ ।

त्यतिगरेसँगै तपाईंलाई प्राधिकरणको ई–मेलबाट तपाईंको ई–मेलमा एउटा मेल प्राप्त हुनेछ । उक्त मेल खोलि त्यहाँ रहेको लिंकमा क्लिक गर्नुहोस् ।

उक्त लिंकमा क्लिक गरेसँगै तपाईं प्राधिकरणको गुनासो दर्ता सिस्टममा दर्ता हुनुहुनेछ । अब त्यहाँ तपाईंले युजरनेम (ई–मेल) र पासवर्ड हाली लगइन गर्नुहोस् ।

लगइन भएसँगै बाँया साइडमा त्यहाँ तपाईंले ‘माई कम्प्लेन’ र ‘एड कम्प्लेन’ भन्ने अप्सन देख्नुहुनेछ ।

त्यसमध्ये ‘एड कम्प्लेन’ तपाईंले कुने सेवा प्रदायकको विषयमा कम्प्लेन गर्ने हो, इन्टरनेट तथा टेलिफाने सेवा प्रदायक कुन हो ? तपाईंको मोबाइल नम्बर, सर्भिस प्रोभाइडमा गुनासो गर्दा तपाईंलाई प्राप्त भएको टिकेट नम्बर हाली अन्त्यमा तपाईंको गुनासो के हो भनी लेखी ‘पोस्ट कम्प्लेन’ मा क्लिक गरी गुनासो दर्ता गर्न सक्नुहुनेछ । त्यहाँ तपाईंले गुनासो फाइलमा लेखेर पनि अपलोड गरी पठाउने सकिने सुविधा उपलब्ध रहेको छ ।

यसरी दर्ता भएको गुनोसोको विषयमा के भइरहेको छ । प्रक्रिया कहाँ पुगेको छ भन्ने जानकारी लिन तपाईंले ‘माई कम्प्लेन’ भन्ने सेक्सनमा क्लिक गरी बुझ्न सक्नुहुनेछ ।

प्राधिकरणका अनुसार एक पटक दर्ता भइसके पश्चात सोही युजर नेम र पासवर्डबाट तपाईंले हरेक पटक लगइन गरी गुनासो दर्ता गर्न तथा गुनासोको अवस्थाको जानकारी लिन सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४