close

ब्यालेन्स सकियो ? यसरी लिनुहोस् एनसेलबाट ६० रुपैयाँ सापटी

टेकपाना टेकपाना

पुस ४, २०७७ २०:०

ब्यालेन्स सकियो ? यसरी लिनुहोस् एनसेलबाट ६० रुपैयाँ सापटी

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले लामो समयदेखि आफ्ना ग्राहकलाई सापटी सेवा उपलब्ध गराउँदै आएको छ । सुरुवाती चरणमा २० रुपैयाँसम्म सापटी उपलब्ध गराउँदै आएको एनसेलले सेवा सुरु गरेको पाँच वर्ष पुरा भएको अवसरमा सापटी रकम बढाएर ४० रुपैयाँ पुर्‍याएको छ ।

ग्राहकलाई मोबाइलमा ब्यालेन्स सकिएको अवस्थामा सहज होस् भन्ने उद्देश्यले सुरु गरिएको यो सेवा धेरै प्रयोगकर्तामाझ लोकप्रिय पनि छ । त्यसैले पनि यहाँ हामी तपाईंलाई एनसेलले उपलब्ध गराउँदै आएको सापटीको विषयमा बताउँदै छौं ।

एनसेल सापटी लिनुभन्दा अघि तपाईंको ब्यालेन्स ५ रुपैयाँभन्दा कम हुन जरुरी छ । किन भने पाँच रुपैयाँ भन्दा बढी ब्यालेन्स भएको अवस्थामा यो सेवा लिन नमिल्ने बनाइएको छ ।

यसैगरी सिमकार्ड लिएको कम्तिमा पनि एक महिना पुरा भएको हुनुपर्छ । यसरी लिएको सापटीमार्फत जुनसुकै नेटवर्कमा कल गर्न तथा एसएमएस पठाउन र डेटा चलाउन सकिन्छ ।

एनसेलमा सापटी कसरी लिने त ? हामी यहाँ तपाईंलाई त्यसबारे पनि बताउँदै छौं । यसका लागि कुनै झन्झटिले प्रक्रिया छैन ।

तपाईंले *९९८८# डायल गरे पुग्छ । यदि एक महिनाभन्दा पुरानो तपाईंको सिममा ब्यालेन्स रकम पाँच रुपैयाँभन्दा कम छ भने *९९८८# गर्दा तपाईंले स्वतः सापटी प्राप्त गर्नुहुनेछ ।

यो सेवा प्रयोग गरेबापत सापटी फिर्तासँगै सेवा शुल्कको रुपमा तपाईंले थप दुई रुपैयाँ पनि तिर्नुपर्ने हुन्छ । उक्त रकम अर्कोपटक रिचार्ज गर्दा काटिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०