close

अलिबाबालाई लाग्यो बजारमा मोनोपोली गरेको आरोप, कडा निगरानी र अनुसन्धान जारी

टेकपाना टेकपाना

पुस ११, २०७७ ९:३७

अलिबाबालाई लाग्यो बजारमा मोनोपोली गरेको आरोप, कडा निगरानी र अनुसन्धान जारी

काठमाडौं । एकाधिकार बजार अभ्यास गरेको आरोपमा चिनियाँ नियामकले ईकमर्स जायन्ट अलिबाबा कम्पनीमाथि अनुसन्धान थालेको छ । चीनको स्टेट एडमिनिस्ट्रेसन फरु मार्केट रेगुलेसन एसएएमआरले अनुसन्धान थालेको हो । 

अलिबाबाले व्यापारीहरुलाई विभिन्न किसिमका एक्सक्ल्युसिभ डिलहरुमा जबरजस्ती हस्ताक्षर गर्न लगाएर अन्य प्रतिस्पर्धी प्लेटफर्महरुमा उनीहरुको प्रडक्ट अफर गर्न रोक लगाएको नियामकको आरोप छ । 

अलिबाबाले बिक्रेताहरुलाई आफूसँग एक्सक्ल्युसिभ सहकार्यको प्याक्टमा हस्ताक्षर गर्न लगाएर प्रतिस्पर्धी प्लेटफर्महरुमा प्रोडक्ट बिक्री गर्न रोक लगाउँदै आएका छन् । 

चीनको वित्तीय नियामकले पनि अलिबाबाको वित्तीय प्रविधि विभागलाई चाँडै नै भेट्ने बताएको छ । 

अलिबाबा मात्र होइन, हाल अलिबाबा र टेन्सेन्ट दुवैको बढ्दो आकार र शक्तिका कारण चिनियाँ सरकारले दुवै कम्पनीमाथि कडा निगरानी तथा अुनसन्धान गर्दै आइरहेको छ । 

चीनको करोडौं जनतामाथि पहुँच पुर्‍याएर शपिङ तथा पेमेन्ट जस्ता उनीहरुको दैनिक जीवनमा समेत प्रभाव पारिरहेको अलिबाबालाई लिएर नियामकहरुले चिन्ता जनाउँदै आएका छन् । 

गत महिना अलिपे अर्थात् आन्ट ग्रुपले आफूलाई स्टक मार्केटमा सूचीकृत गर्ने निर्णयलाई समेत सरकारी हस्तक्षेपको कारणले रोक्नुपरेको थियो । सो सूचीकरणको योजनालाई विश्वकै ठूलो स्टक मार्केट लिस्टिङको रुपमा हेरिएको थियो । 

अलिपेको माइक्रो लेन्डिङ सर्भिसमाथि चिन्ता व्यक्त गर्दै नियामकले त्यसलाई रोकेको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०