close

लाइभ ह्याकिङमा अजय गौतमले फेला पारे सर्वाधिक बग

टेकपाना टेकपाना

पुस ११, २०७७ १४:०

लाइभ ह्याकिङमा अजय गौतमले फेला पारे सर्वाधिक बग

काठमाडाैं । लाइभ ह्याकिङ अर्थात (लाइभ ह्याकाथन) सम्पन्न भएकाे छ । साइबर सेक्युरिटी कम्पनी सिनिकल टेक्नोलोजीको आयोजनामा शुक्रबार मेरियट होटलमा भएकाे ह्याकाथनमा दुई दर्जनभन्दा बढी टप र्‍याङ्किङ ह्याकरहरु सहभागी भएका थिए ।

२४ घण्टाभन्दा लामो समयसम्म चलेकाे सो ह्याकाथनमार्फत बगभीमा सेक्युरिटी लुपहोल पत्ता लगाउन ह्याकरले लाइभ पेनिट्रेसन टेस्ट गरे ।

ह्याकिङमा सर्वाधिक बग फेला पार्ने इथिकल ह्याकर अजय गाैतम माेस्ट भ्यालुएबल पर्सन बनेका छन् । त्यस्तै पृथक किसिमको बग फेला पार्ने निरज खतिवडा माेस्ट क्रिएटिभ बगतर्फ विजेता बनेका छन् । यी दुवैजना नासेक नामक सेक्युरिटी कम्पनीसँग सम्बन्धित छन् ।

बग फेला पार्ने ह्याकरहरुलाई कम्पनीले कुल ६०० डलरको बाउन्टी रिवार्ड प्रदान गर्ने कम्पनीका संस्थापक तथा सीइओ नरेश लाम्गादेले बताएका छन् ‍‍‍‍‍।

साथै यससँगै नेपालको बग हन्टिङ प्लेटफर्म बगभी पनि सार्वजनिक भएको छ । तर बगभीमा फेला परेका ती बगहरु फिक्स नभएसम्म प्लेटफर्म सार्वजनिक रुपमा खुल्ला नहुने नरेशले बताएका छन् । यद्यपि प्लेटफर्ममा कम्पनी अनबोर्डको काम भने सुरु भइसकेको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०