close

थाहा पाइराख्नुहोस् स्मार्टफोन हराउँदा काम लाग्ने टिप्स

टेकपाना टेकपाना

पुस १३, २०७७ ९:७

थाहा पाइराख्नुहोस् स्मार्टफोन हराउँदा काम लाग्ने टिप्स

काठमाडौं । कहिलेकाहिँ तपाईंको फोन हराउन सक्छ । अथवा कतै छोपिएर बसेको हुन्छ । छोपिएर बसेको खण्डमा त अर्को फोनबाट कल गरेर पनि पत्ता लगाउन सक्नुहुन्छ ।

तर, फोन हरायो अथवा फोन साइलेन्स मोडमा छ भने के गर्ने त ? त्यसैले पनि एन्ड्रोइडले नै फोनलाई लोकेट गर्ने सुविधा दिँदै आएको छ ।

तर, त्यसका लागि तपाईंले केही प्रक्रिया भने अपनाउनु पर्नेछ । उक्त प्रक्रियाको विषयमा यहाँ हामी सिकाउँदै छौं ।

अझ यसअघि नै तपाईंले मोबाइलमा ‘फाइन्ड माई डिभाइस’ भन्ने एप डाउनलोड गरेर राख्नु भएकाे छ भने सबैभन्दा राम्रो हुनेछ ।

त्यसैले हामी तपाईंलाई उक्त एप डाउनलोड गरेर राख्न सुझाव दिन्छौं । यदि यो एप तपाईंको डिभाइसमा भएको खण्डमा उक्त एपको मद्दतले फोन पत्ता लगाउन धेरै सहज हुनेछ ।

यदि तपाईंले ‘फाइन्ड माई डिभाइस’ डाउनलोड गर्नुभएको छैन र फोन हराएको खण्डमा पनि तपाईंले गुगलमार्फत उक्त फोन कहाँ छ भने पत्ता लगाउन सक्नुहुनेछ ।

त्यसका लागि सुरुमा तपार्ईले हराएको फोनमा लगइन भएको गुगल एड्रेस गुगलमा लगइन गर्नुहोस् । त्यति गरेसँगै गुगलको एड्रेसबारमा गएर android.com/find खोल्नुहोस् ।

त्यहाँ तपाईंको उक्त गुगल एड्रेसबाट कनेक्ट भएको एन्ड्राेइड डिभाइस देखाउने छ । त्यसमध्ये हराएको फोनमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै साइडमा गुगल म्यापमा तपाईंको फोन कहाँ छ भनेर लोकेशन देखाउने छ ।

तपाईंलाई त्यहाँ ‘प्ले साउण्ड’ भन्ने अप्सनमा पनि दिइएको छ । उक्त अप्सनमा क्लिक गरी तपाईंले उक्त फोनमा साउण्ड बजाउन समेत सक्नुहुनेछ । त्यसो हुँदा तपाईंलाई फोन खोज्न अझ सहज हुनेछ ।

यदि त्यसाे गर्द पनि फोन नभेटिएको खण्डमा तपाईंले त्यहीँबाट आफ्नो डिभाइसलाई सुरक्षित राख्न ‘लक’ गर्न समेत सक्नुहुनेछ । साथै लगइन भएको गुगल अकाउण्ट उक्त फोनबाट हटाउन समेत सक्नुहुेनछ ।

त्योभन्दा पनि महत्वपूर्ण तपाईंले उक्त फोनमा भएका सम्पूर्ण डेटा पनि यहीँबाट डिलेट गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०