close

साओमीको नयाँ स्मार्टफोनमा पनि चार्जर नआउने

टेकपाना टेकपाना

पुस १२, २०७७ १६:३५

साओमीको नयाँ स्मार्टफोनमा पनि चार्जर नआउने

काठमाडौं । चिनियाँ स्मार्टफोन ब्राण्ड साओमीले आफ्नो मोबाइल बक्सबाट चार्जर हटाउने भएको छ । भाेली सोमबार सार्वजनिक हुन गइरहेकाे एमआई ११ को बक्समा चार्जर नहुने कम्पनीले जनाएको हो । त्यसपछिका नयाँ उत्पादनमा पनि चार्जर उपलब्ध नहुने भएको छ ।

यसअघि एप्पलले आफ्नो पछिल्लो उत्पादन आईफोन १२ मार्फत बक्समा उपलब्ध हुने एक्सेसरिज हटाएको थियो । यसको आईफोन १२ को बक्समा चार्जर लगायतका कुनै पनि एक्सेसरिज उपलब्ध छैन ।

एप्पलले यसरी बक्सबाट चार्जर हटाउँदा विश्व बजारमै एप्पलको उक्त कदमको आचोलना भएको थियो । सामसङ जस्ता ठूला कम्पनीले त्यसलाई मजाकको विषय बनाउँदै विज्ञापन नै गरेको थिए ।

Image

तर, कम्पनीले भने वातावरणलाई ध्यानमा राख्न यस्तो कदम चालेको जनाएको थियो । सोही कारणलाई दर्शाउँदै साओमीले पनि एप्पललाई पछ्याउने भएको हो ।

सोमबार सार्वजनिक हुने उक्त फोनको बक्समा चार्जर नहुने जानकारी कम्पनीको रिटेल पोस्टमार्फत सार्वजनिक भएको छ । कम्पनीका सीईओले गरेको उक्त पोष्टमा वातावरणलाई ध्यानमा राख्दै चार्जर हटाइएको उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०