close

राइडरहरुले गरे पठाओ कार्यालयमा तोडफोड

टेकपाना टेकपाना

पुस १३, २०७७ १४:३

राइडरहरुले गरे पठाओ कार्यालयमा तोडफोड

काठमाडौं । आफ्ना माग सम्बोधन नभएको भन्दै असन्तुष्ट राइडरहरुले सोमबार पठाओको कार्यालयमा तोडफोड गरेका छन् । कम्पनी र आन्दोलनरत राइडर समूहबीच पछिल्लाे सातायता वार्ता र छलफल भइरहेका बेला आज एक्कासी एक समूह तोडफोडमा उत्रिएको हो ।

हालै कम्पनीले राइडरका लागि उपचार र दुर्घटना बीमा सुविधा ल्याएर विवाद समाधान गर्न खोजेको थियो । तर असन्तुष्ट राइडरहरुले कम्पनीले आफूहरुमार्फत लिने कमिसन घटाउन दबाब दिइरहेका छन् ।

हाल कम्पनीले यात्रुले तिर्ने भाडाबाट २० प्रतिशत कमिसन राख्ने गरेको छ । ती राइडरहरुले राइड शेयरिङ्ग बापत कमाइको कमिसन अधिकतम ८ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् ।

उनीहरुले पुस ६ गते राखेको ११ बुँदे मागमध्ये सबै माग पुरा गर्न नसकिने कम्पनीले बताएपछि असन्तुष्ट राइडरहरुको एक समूहले मध्येबानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड गरेकाे बताइएकाे छ ।

तोडफोडबाट कार्यालय भवनको झ्यालको सिसा फुटेको बानेश्वर प्रहरीका प्रहरी नायब उपरीक्षक दक्षबहादुर बस्नेतले बताए । उनले घटनामा संलग्न युवाहरुलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०