close

टेस्लामा काम गर्न कलेजको डिग्री आवश्यक छैन : एलन मस्क

टेकपाना टेकपाना

पुस १३, २०७७ १६:२५

टेस्लामा काम गर्न कलेजको डिग्री आवश्यक छैन : एलन मस्क

काठमाडौं । धेरैलाई टेस्ला, एप्पल, नेटफ्लिक्स, गुगल जस्ता कम्पनीमा आफ्नो करियर बनाउनका लागि चार वर्षे डिग्री आवश्यक पर्छ भन्ने ठान्छन् । त्यसका लागि उनिहरुले ठूलो रकम खर्च गरिरहेका हुन्छन् ।

तर, यो सधैं सत्य हुँदैन । यति सम्मकि टेस्लाका सीईओ एलन मस्क समेत शैक्षिक डिग्रीमा विश्वास गर्दैनन् । दि स्याटेलाइट २०२० कन्फ्रेन्समा बोल्दै उनले भनेको छन, ‘कलेज अध्ययन गर्नका लागि हैन । त्यो त रमाइलो गर्नका लागि हो । अध्ययनका लागि नि:शुल्क रुपमा अनलाइन छँदैछ ।’

‘आजका हस्ती बिल गेट्स र ओराकलका ल्यारी इलिसन्स कलेजबाट निकालिएका विद्यार्थी हुन् । त्यसैले मलाई लाग्दैन गुगल, एप्पल जस्ता कम्पनीले पनि कर्मचारी नियुक्तिको क्रममा डिग्रीलाई प्राथामिकता राख्छन्,’ उनले थपे ।

यस एप्पलका सीईओ टिम कुकले पनि एप्पलमा कार्यरत आधा कर्मचारीसँग चार वर्षे डिग्री नभएको बताएका थिए । उनले भनेका थिए, ‘धेरै कलेजले विद्यार्थीलाई स्किल सिकाउँदैन् । जुन व्यक्तिले आफूलाई आफैेंले सिकाउँदै जाने हो । यदि कुनै व्यक्तिसँग अनुभव छ भने त्यो नै उसको लागि सबैभन्दा ठुलो सम्पत्ति हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०