close

क्यूआर कोडसहितको खोप प्रमाणपत्र कसरी लिने ?

टेकपाना टेकपाना

भदौ ९, २०७८ १३:२९

क्यूआर कोडसहितको खोप प्रमाणपत्र कसरी लिने ?

काठमाडौं । रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकका लागि सरकारले क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न थालेको छ ।

हालसम्म ३० हजारभन्दा बढीलाई यस्तो कार्ड वितरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो क्यूआर कोडयुक्त प्रमाणपत्र पाएपछि अन्य कुनै पनि ठाउँमा भेरिफिकेसनका लागि छुट्टै प्रमाणपत्र जरूरी नहुने मन्त्रालयले जनाएको छ ।

इच्छुकले यस वेबसाइटमा गई प्रमाणीकरणका लागि अनलाइन फारम भर्न सक्नेछन् । त्यसका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी र कबुलियतनामा आवश्यक पर्छ ।

प्रमाणपत्र तयार भयो कि भएन भनेर जान्नका लागि यहाँ क्लिक गरी दर्ता नम्बर र जन्म मिति विवरण भर्नुहोस् । आवेदन स्वीकृत भएको अवस्थामा सोही लिंकबाट प्रमाणपत्र डाउनलोड गर्न सक्नुहुन्छ ।

डाउनलोड गरिसकेपछि प्राप्त प्रमाणपत्रको प्रयोगले जुनसुकै ठाउँमा काम गर्ने जनाइएको छ । यसपछि कुनै पनि किसिमको छाप वा भेरिफिकेशन आवश्यक नपर्ने मन्त्रालयले जनाएको छ ।

अनलाइन फारम भरेको दुईदेखि तीन दिनभित्र क्यूआर कार्ड उपलब्ध गराउन थालिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१