close

सरल रुपमा यसरी बुझ्नुहोस् क्यूआर कोड प्रविधि र यसको काम

टेकपाना टेकपाना

भदौ १२, २०७८ १६:५७

सरल रुपमा यसरी बुझ्नुहोस् क्यूआर कोड प्रविधि र यसको काम

काठमाडौं । क्यूआर कोडको पुरा रुप क्विक रेस्पोन्स कोड (Quick Resoponse Code) हो । कोड राखिएका कुनै पनि किसिमको जानकारीमा विश्वसनीय र तीव्र गतिमा पहुँच दिने हुँदा यो आज हरेक वस्तु तथा सेवामा प्रयोग भइरहेको छ । 

जापानको अटोमोबाइल उद्योगमा पहिलोपटक प्रयोग भएको यो प्रविधि आज मोबाइल मार्केटिङको रुमपा विश्वभर विस्तार भइरहेको छ । सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजल जस्तो देखिने क्यूआर कोडमा ब्राण्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता भएको प्रविधिले पहिचान गर्न सक्छ । 

क्यूआर कोड एप्लिकेसमा आइटम पहिचान, ट्रयाकिङ तथा समय र दस्तावेज व्यवस्थापन आदी कुराहरु पर्दछन् । अझ स्मार्टफोनमै क्यूआर कोड स्यानरको सुविधा आउन थालेदेखि यो प्रविधि अझ सजिलो र सुविधाजनक भएको छ ।

तपाईंले मोबाइलमा थर्डपार्टी क्यूआर कोड रिडर एप्लिकेसन इन्स्टल गर्न सक्नुहुन्छ । साथै गुगलले पनि यूआरएललाई सजिलै क्यूआर कोडमा परिवर्तन गर्न क्यूआर कोड जेनेरेटर प्रदान गरिरहेको छ ।

यसबाहेक एप्पल कम्पनीले त भर्खरै आफ्नो आईफोनमा इनब्युल्ट क्यूआर कोड स्क्यानर ल्याएको छ । प्रयोगकर्ताहरुले सजिलै क्यामेरा एप खोलेर कोडमा फोकस गरेर प्रडक्ट सम्बन्धि सम्पूर्ण जानकारी तत्काल हासिल गर्न सक्छन् । 

रेस्टुरेन्टदेखि हस्पिटालिटी, सरकारदेखि सुरक्षा सम्बन्धी सूचना, जानकारी तथा सामग्री सबैमा सजिलै एक्सेस पाउन क्यूआर कोड सजिलो माध्यम बनेको छ । एसिया प्यासेफिक क्षेत्रमा सबै किसिमका कस्टमर ब्राण्डका लागि क्यूआर कोड एउटा सर्वोपरी प्रबन्ध बनिसकेको छ ।

यसैबीच कोरोना महामारीका कारण तीव्र गतिमा भइरहेको डिजिटाइजेसनले यसको प्रयोगलाई अझ व्यापक बनाउँदै सबै किसिमका मार्केटिङ एजेन्टमा यो प्रयोग हुन थालेको छ । क्यूआर कोड प्रविधि सेवा तथा वस्तुको सजिलो र विश्वसनीय पहुँचको बाटो मात्र होइन, कम्पनीहरुका लागि आफ्नो ब्राण्ड स्टोरी सुनाउने माध्यम समेत हो । 

दैनिक अर्बौं मानिसहरु मोबाइल पेमेन्ट सेवा प्रयोग गर्छन् । उनीहरुले आफ्ना सबै किसिमका ईकमर्स, सोसल मिडिया तथा मोबिलिटी सर्भिसहरु एउटै सुपर एपभित्र समेटेर राखेका छन् ।

यसरी कम्पनीहरुले आफ्ना सेवाग्राही कता छन् भनेर ट्रयाक गर्ने मात्र होइन, क्यूआर कोडबाट उनीहरुको खरिदारीको ढाँचालाई पनि बुझ्न सक्छन् । बिक्री बढाउन मिडिया इकोसिस्टममा खर्च गर्ने ब्राण्ड, मार्केटर तथा विज्ञापन एजेन्सीहरुका लागि क्यूआर कोडको सबैभन्दा ठूलो प्रयोजन नै यही हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१