close

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टामात्र अनलाइन गेम खेल्न पाउने

टेकपाना टेकपाना

भदौ १५, २०७८ ९:७

चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टामात्र अनलाइन गेम खेल्न पाउने

काठमाडौं । विश्वको ठूलो गेमिङ बजार चीनमा अब बालबालिकाले हप्तामा तीन घण्टामात्र गेम खेल्न पाउने भएका छन् ।

नयाँ निर्णयअनुसार १८ वर्षभन्दा मुनीका गेमरहरूले अब शुक्रबार, शनिबार र आइतबार बिहान ८ः०० बजेदेखि ९ः०० बजेसम्म मात्र अनलाइन खेल्न पाउने समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

गेममा अत्यधिक लगाब बढेपछि पठनपाठन र दैनिकीमा समस्या देखिएको र बालबालिकामा एकोहोरो पन बढेकाे भएको भन्दै चिनियाँ नेसनल प्रेस एण्ड पब्लिकेशन एडमिनिस्ट्रेशनले गेमिङ समयमा व्यापक कटौती गरेको हो ।

गेमरहरूले आफ्नो उमेर नढाटुन् भन्नका लागि आफ्नो आईडी कार्ड दर्ता गर्नुपर्ने व्यवस्था ल्याइएको छ ।

यद्यपि बालबालिकाको मनोरञ्जनका लागि विद्यालय बिदामा उनीहरूले केही बढी समय खेल्न पाउनेछन् अर्थात् दैनिक तोकिएको समयभन्दा ६० मिनेट बढी खेल्न सक्नेछन् ।

साथै चीनले कम्पनीहरूलाई तोकिएको घण्टाबाहिर गेमिङ सर्भिस प्रदान गर्न निषेध गरेको छ । यद्यपि नियम तोडे के सजाय हुनेछ भन्ने कुरा स्पष्ट पारिएको छैन ।

एएफपीबाट

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१