close

वर्ल्डलिंकको ३०० एमबीपीएस इन्टरनेट, घरभरी समान गतिमा वाई-फाई चल्ने

टेकपाना टेकपाना

भदौ २२, २०७८ १३:५६

वर्ल्डलिंकको ३०० एमबीपीएस इन्टरनेट, घरभरी समान गतिमा वाई-फाई चल्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ ।

वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरिएको हो । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरी समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुनेछ ।

फोटोन स्किममा ग्राहकहरुले मेश वाईफाई प्रणालीबाट घरभरी नै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने कम्पनीले जनाएको छ । यस्तो वाई-फाई प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिने छ ।

यसले हाल घरहरुमा भइरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेश वाई-फाईले गराउने छ । इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किङ गर्नेछ । मेस वाई-फाई प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो ।

यस्तो प्रणाली विस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेश वाई-फाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन् । त्यसमा म्यानुअल रूपमा वाई-फाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन । ग्राहकहरुले घरभर इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्नेछन ।

नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने, ‘हामी विश्वव्यापी इन्टरनेट प्रविधिको उत्कर्ष सीमामा छौं र हाम्रो घरमा इन्टरनेटको गति निरन्तर बढाउनुपर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रविधिसँगै एउटा गुणस्तरीय हाेम नेटवर्किङ गर्नुपर्ने हुन्छ ।’

उनले अगाडि भने, ‘घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन् । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरसँगै मेश वाई-फाई होम सोलुसन सुरू गरेका छौं । यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ ।’

यी उपकरणहरुको नेटवर्किङ गर्दा घरमा अन्य नेटवर्किङ मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिने उनले बताए ।

‘हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्राेडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु । अहिलेसम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अन्तर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुनेछ,’ उनले भने ।

यसले सबैको घरलाइ स्मार्ट बनाउने बताउँद्ै उनले काठमाडाैंमा फोटोन सेवा प्रदान गर्न हाम्रो नेटवर्कलाई अद्यावधिक गरेकाे जानकारी दिए ।

‘हामी अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै सुरू गर्नेछौं,’ उनले भने ।

वर्ल्डलिंकले यसअघि नै नेपालमा आईपीटीभी सेवा सुरुवात गरेको थियो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ ।

वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाई-फाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रोडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५