close

सार्वजनिक भयो बोलेरै भिडियो तथा फोटा खिच्न सकिने फेसबुक ग्लास

टेकपाना टेकपाना

भदौ २५, २०७८ १२:७

सार्वजनिक भयो बोलेरै भिडियो तथा फोटा खिच्न सकिने फेसबुक ग्लास

काठमाडौं । बिहीबार फेसबुक र रेबनको सहकार्यमा निर्माण भएको स्मार्ट ग्लास सार्वजनिक भएको छ । रेबन स्टोरिज नाम दिइएको ग्लासको बजार मूल्य २ सय ९९ अमेरिकी डलर तोकिएको छ ।

रेबनसँगको सहकार्यमा फेसबुकले ल्याएको उक्त ग्लासको फ्रन्टमा ५ मेगापिक्सेलको दुई ओटा क्यामेरा रहेका छन् । जसमार्फत फोटो तथा भिडियो खिच्न सकिने छ । जसलाई फेसबुक भ्यु एपमार्फत नियन्त्रण गरि खिचिएका फोटो तथा भिडियो अन्य एपमा पठाउन सकिने छ ।

क्यामेराको लागि ग्लासमा एउटा बटन उपलब्ध गराइएको छ । अथवा तपाईंले ‘हे फेसबुक, टेक अ भिडियो’ भनी भ्वाइसमार्फत पनि ग्लासलाई फोटा तथा भिडियो खिच्नका लागि निर्देशन दिन सक्नुहुनेछ ।

त्यो भन्दा पनि महत्वपूर्ण कुरा यसको डिजाइन हो । जुन रेबनको साधारण चस्मा जस्तै रहेको छ । ग्लासमा अपेक्षा अनुसार कुनै डिस्प्ले भने छैन् । तर, ग्लासको दुबै साइटमा स्पिकर दिइएको छ ।

त्यो हुँदा वाइफाइ तथा ब्लुटुथमार्फत ग्लासलाई मोबाइलमा कनेक्ट गरि फोनकल उठाएर गफ गर्न सकिने छ । साथै गीत सुन्न पनि । गीत सुन्दा आवाज नियन्त्रणको लागि साइडमा टच प्याड उपलब्ध रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५