close

एसियाकै उत्कृष्ट १५ साइबर सुरक्षा कम्पनीमा नेपालको भैरव टेक्नोलोजी

टेकपाना टेकपाना

असोज १३, २०७८ १४:१९

एसियाकै उत्कृष्ट १५ साइबर सुरक्षा कम्पनीमा नेपालको भैरव टेक्नोलोजी

काठमाडौं । साइबर सुरक्षाको विषयमा काम गर्दै आएको नेपाली कम्पनी भैरव टेक्नोलोजी एसियाको उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ ।

विश्वको साइबर सुरक्षासँग सम्बन्धित कम्पनीहरूको संगठन म्यानेज सेक्युरिटी सर्भिस प्रोभाइडर (एमएसएसपी) अलर्टले हालै जारी गरेको नयाँ प्रतिवेदनअनुसार भैरव टेक्नोलोजी विश्वको १५१औं र एसियामा उत्कृष्ट १५ कम्पनीभित्र परेको हो ।

यसअघि सन् २०२० मा भैरव विश्वको २१२औं स्थानमा रहेको थियो । एक वर्षको अवधिमा उल्लेख्य सुधार हुँदै भैरव १५१ औं स्थानमा उक्लिएको हो ।

त्यस्तै एसियाको हकमा यसअघि कम्पनी उत्कृष्ट २० कम्पनीभित्र रहेको थियो । त्यसमा पनि सुधार हुँदै उत्कृष्ट १५ कम्पनीभित्र पर्न सफल भएको छ ।

एमएसएसपी अलर्टले सेवाप्रदायकको कार्यक्षमता र आम्दानीको हिसाबले र्‍यांकिङ प्रदान गर्दै आएको छ । सोही आधारमा भैरव टेक्नोलोजीले उक्त सफलता हात पार्न सफल भएको हो ।

सन् २०१८ मा स्थापना भएको भैरव टेक्नोलोजीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१