close

दर्जनौँ एपमा पैसा चोरी गर्ने ट्रोजन भाइरस, अब जोगिने कसरी ?

टेकपाना टेकपाना

असोज १४, २०७८ १४:२३

दर्जनौँ एपमा पैसा चोरी गर्ने ट्रोजन भाइरस, अब जोगिने कसरी ?

काठमाडौं । जब हामीलाई आफ्नो रोजाइको अपरेटिङ सिस्टममा साइबर सुरक्षा जोखिम रहेको थाहा हुन्छ, त्यो पक्कै पनि हाम्रो लागि खराब दिन हुने गर्छ । आज त्यस्तै अर्को खराब दिन बनेको छ ।

किन भने गिफ्टहर्स नामक ट्रोजन भाइरस तपाईंको पैसा चोरी गर्न उताउति उछलकुद मच्चाउन थालेको छ । गिफ्टहर्सले आफूलाई प्राइज अर्थात पुरस्कारको रुपमा प्रस्तुत गर्दछ र त्यसपछि तपाईंको फोन नम्बर माग्छ ।

जब तपाईं आफ्नो फोन नम्बर उपलब्ध गराउनुहुन्छ, यति गरेकै भरमा तपाईँकोमा एसएमएसमा आधारित स्वचालित रुपमा दोहोरिरहने भुक्तानीका लागि सब्स्क्राइब हुन्छ । यो माल्वेरबाट ७० देशका एक करोडभन्दा बढी एन्ड्रोइड प्रयोगकर्ता प्रभावित भइसकेका छन् ।

यो ट्रोजन थर्डपाटी एप्लिकेसन स्टोरमा रहेका एपमा मात्र नभएर गुगल प्ले स्टोर भित्रका एपमा समेत भेटिएको छ । 

कसरी चिन्ने ? 

यो ट्रोजन भाइरस दर्जनौँ एपहरूमा पाइएको छ, जसले एकअर्कासँग फरक फरक देखिनेगरी आफूलाई प्रस्तुत गर्दछ । यसलाई चिन्ने सजिलो तरिका भनेको सामान्यतया गिफ्टहर्स ट्रोजनले तपाईंलाई कुनै एपको तर्फबाट अनपेक्षित किसिमको पुरस्कार प्राप्त भएको जस्तो देखाउँछ । जसले तपाईंलाई कुनै पनि त्यस्तो पुरस्कार वा उपहार दिँदैन । यहाँ तल तपाईंले त्यसको एउटा नमूना देख्न सक्नुहुन्छ । 

अब के गर्ने ? 

यहाँ तल हामीले गिफ्टहर्सबाट प्रभावित एपहरूको सूची राखेका छौँ । यदि तपाईंको मोबाइलमा यी एप छन् भने तुरुन्तै अनइन्स्टल गर्नुहोस् । आफ्नो फोनको बिल चेक गर्नुहोस्, यदि तपाईंले त्यस्तो अनौठो सब्सक्रिप्सन प्लान देख्नु भयो, जुन तपाईंले चिन्न पनि सक्नु भएन । यस्तो अवस्थामा आफ्नो सेवाप्रदायकले गर्न सक्ने सहयोगका लागि आग्रह गर्नुहोस् ।

अन्तिम कुरा, जब इन्टरनेटको कुरा आउँछ, यो निकै राम्रो सुनिन्छ र वास्तवमा निकै उपयोगी पनि छ । तर यसलाई सुरक्षित तवरमा प्रयोग गर्न सचेत हुन भने एकदमै जरुरी छ । 

गिफ्टहर्स नामक ट्रोजन भाइरसबाट संक्रमित एपहरू

  1. Handy Translator Pro
  2. Heart Rate and Pulse Tracker
  3. Geospot: GPS Location Tracker
  4. iCare – Find Location
  5. My Chat Translator
  6. Bus – Metrolis 2021
  7. Free Translator Photo
  8. Locker Tool
  9. Fingerprint Changer
  10. Call Recoder Pro
  11. Instant Speech Translation
  12. Racers Car Driver
  13. Slime Simulator
  14. Keyboard Themes
  15. What’s Me Sticker
  16. Amazing Video Editor
  17. Safe Lock
  18. Heart Rhythm
  19. Smart Spot Locator
  20. CutCut Pro
  21. OFFRoaders – Survive
  22. Phone Finder by Clapping
  23. Bus Driving Simulator
  24. Fingerprint Defender
  25. Lifeel – scan and test
  26. Launcher iOS 15
  27. Idle Gun Tycoo\u202an\u202c
  28. Scanner App Scan Docs & Notes
  29. Chat Translator All Messengers
  30. Hunt Contact
  31. Icony
  32. Horoscope : Fortune
  33. Fitness Point
  34. Qibla AR Pro
  35. Heart Rate and Meal Tracker
  36. Mine Easy Translator
  37. PhoneControl Block Spam Calls
  38. Parallax paper 3D
  39. SnapLens – Photo Translator
  40. Qibla Pass Direction
  41. Caller-x
  42. Clap
  43. Photo Effect Pro
  44. iConnected Tracker
  45. Smart Call Recorder
  46. Daily Horoscope & Life Palmestry
  47. Qibla Compass (Kaaba Locator)
  48. Prookie-Cartoon Photo Editor
  49. Qibla Ultimate
  50. Truck – RoudDrive Offroad
  51. GPS Phone Tracker – Family Locator
  52. Call Recorder iCall
  53. PikCho Editor app
  54. Street Cars: pro Racing
  55. Cinema Hall: Free HD Movies
  56. Live Wallpaper & Background
  57. Intelligent Translator Pro
  58. Face Analyzer
  59. TrueCaller & TrueRecoder
  60. iTranslator_ Text & Voice & Photo
  61. Pulse App – Heart Rate Monitor
  62. Video & Photo Recovery Manager 2
  63. Быстрые кредиты 24\7
  64. Fitness Trainer
  65. ClipBuddy
  66. Vector arts
  67. Ludo Speak v2.0
  68. Battery Live Wallpaper 4K

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५