close

सामसङको ‍गेमिङ फोन ग्यालेक्सी एम ५२ फाईभजी नेपालमा, यस्ता छन् फिचर

टेकपाना टेकपाना

असोज १९, २०७८ १४:४६

सामसङको ‍गेमिङ फोन ग्यालेक्सी एम ५२ फाईभजी नेपालमा, यस्ता छन् फिचर

काठमाडौं । सामसङले एम सिरिज अन्तर्गत ग्यालेक्सी एम५२ फाइभजी स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘लिनेस्ट, मिनेस्ट मोन्सटर एभर’ थिम सहित बजारमा सार्वजनिक भएको यो फोन एम सिरिज अन्तर्गतको सबैभन्दा पातलो हो ।

७.४ एमएमको याै फोनमा स्न्यापड्रागन ७७८ जी प्रोसेसर रहेको छ । फाइभजी सपोर्ट गर्ने यो फोनमा १२० हर्ज सहितको सुपर एमोलेड डिस्प्ले छ । फोनमा ५००० एमएएच क्षमताको ब्याट्रि रहेको छ ।

फोनको डिस्प्ले सुरक्षााका लागि गोरिल्ला ग्लास फाइभ दिइएको छ। उत्कृष्ट साउन्डका लागि डल्बि एटमस रहेको फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा छ ।

यसमा १२ मेगापिक्सेलको अल्ट्रा वाइड लेन्स, पाँच मेगापिक्सेलको माक्रो लेन्स र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छन् ।

यो फोन आइसी ब्लु र ब्लेजिङ्ग ब्ल्याक गरी दुई कलरमा उपलब्ध छ । नेपाली बजारमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको ४८ हजार नाै ९९ रुपैयाँ र आठ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको भेरियन्टको ५० हजार नाै‌ ९९ रुपैयाँ तोकिएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५