close

गुगलले अनिवार्य गर्‍यो टु फ्याक्टर अथेन्टिकेसन

टेकपाना टेकपाना

असोज २०, २०७८ १४:३३

गुगलले अनिवार्य गर्‍यो टु फ्याक्टर अथेन्टिकेसन

काठमाडौं।  गुगलले टु फ्याक्टर अथेन्टिकेसन(टुएफए) लाई अनिवार्य गरेको छ । पासवर्डमात्रै प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्न उपयुक्त नहुने भन्दै कम्पनीले टुएफए सबैलाई अनिवार्य गराएको हो ।

गुगलले अकाउन्टको सुरक्षाकाका लागि हार्डवेयर सेक्युरिटी की, अथेन्टिकेसन एप र एसएमएस भेरिफिकेसन कोड मार्फत टु फ्याक्टर अथेन्टिकेसन उपलब्ध गराएको हुन्छ ।

यस अघि टुएफए सेक्युरिटी सेटिङ प्रयोगकर्ता आफैले अन गर्नुपर्ने  थियो । तर अब भने गुगलले आफ्ना सबै प्रयोगकर्तालाई टु फ्याक्टर अथेन्टिकेसन अनिवार्य गरेको छ । यसको अर्थ अब सबै प्रयोगकर्ताको अकाउण्टमा यो आफै लाग हुनेछ ।

गुगलका अनुसार २०२१ को अन्त्यसम्म १५० मिलियन प्रयोगकर्तालाई अटोमेटिक टुएफएमा लैजाने जनाएको छ । गुगलले पहिलो पटक मे महिनामा यो कार्यक्रमको घोषणा गरेको थियो र अहिले सुरु गरेको छ ।

यसरी हेर्नुहोस् तपाईंको अटोमेटिक टुएफए अन छ कि छैन ?

मोबाइल फोन वा कम्प्युटरमा गएर यहाँ क्लिक गरि तपाईंको अकाउन्ट सेटङमा जानुहोस् ।

सेक्युरिटी सेटिङमा जानुहोस् ।

गुगल साइन इन सेक्सनसम्म स्क्रोल गर्नुहोस् अनि टुएफएमा क्लिक गर्नुहोस् ।

यसबाट तपाईंले आफ्नो अकाउन्टको टुएफए अन/अफ गर्न सक्नुहुन्छ। 

तपाईं आफ्नो गुगल सेक्युरिटी चेकअप पेजको टु फ्याक्टर अथेन्टिकेसनमा गएर आफ्नो अप्सन चेक गर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५