close

आईफोन १३ किन्न चाहनुहुन्छ ? यस्तो छ नेपाली बजारमा मूल्य र अफर

टेकपाना टेकपाना

कात्तिक ३, २०७८ १८:४८

आईफोन १३ किन्न चाहनुहुन्छ ? यस्तो छ नेपाली बजारमा मूल्य र अफर

काठमार्डौ । नेपाली बजारमा आउँदो कात्तिक १२ गते आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । आईफोनका लागि नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण भित्र्याउन लागेको हो ।

यसैबीच कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि-बुकिङ खुलाएको छ । ग्राहकले इभो स्टोरओलिज स्टोरका साथै आईफोनका रिटेल स्टाेरबाट आईएमई पेमार्फत् आईफोन १३ सिरिज अर्डर गर्नसक्ने छन् ।

यस अवधिमा अर्डर गर्ने ग्राहकले ३० हजार मूल्यका विभिन्न अफर प्राप्त गर्नेछन् ।

नेपाली बजारमा आईफोन १३ सिरिजअन्तर्गत चार माेडलका विभिन्न १४ स्टाेरेज भेरियन्टको प्रि-बुकिङ खुलाइएको छ ।

कसको मूल्य कति ?

मोडल मूल्य
आईफोन १३ मिनी (१२८ जीबी) १,२०,९००/-
आईफोन १३ मिनी (२५६ जीबी) १,३७,९००/-
आईफोन १३ मिनी (५१२ जीबी) १,७१,९००
आईफोन १३ (१२८ जीबी) १,३७,९००/-
आईफोन १३ (२५६ जीबी)१,५४,९००/-
आईफोन १३ (५१२ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो (१२८ जीबी) १,७४,९००/-
आईफोन १३ प्रो (२५६ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो (५१२ जीबी) २,२४,९००
आईफोन १३ प्रो (१ टीबी) २,५५,९९०
आईफोन १३ प्रो म्याक्स (१२८ जीबी)१,८९,९००/-
आईफोन १३ प्रो म्याक्स (२५६ जीबी) २,०५,९००/-
आईफोन १३ प्रो म्याक्स (५१२ जीबी) २,३९,९९०/-
आईफोन १३ प्रो म्याक्स (१ टीबी) २,७४,९९०

के छ अफर ?

  • Everest Hotel 15% off
  • Roadhouse Cafe 10% off
  • Being Human 10% off
  • Neel David’s Salon 10% off
  • Venturini Shoes 10% off
  • Biker’s Mart 10% off
  • Urban Food 15% off
  • Cage fitness 15% off
  • Right choice Nepal 25% off
  • Options Durbarmarg upto 50% off

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२