काठमार्डौ । नेपाली बजारमा आउँदो कात्तिक १२ गते आईफोन १३ सिरिज सार्वजनिक हुँदै छ । आईफोनका लागि नेपालस्थित आधिकारिक बिक्रेता जेनेरेशन नेक्स्टले नेपाली बजारमा आईफोनको पछिल्लो संस्करण भित्र्याउन लागेको हो ।
यसैबीच कम्पनीले नेपाली उपभोक्ताका लागि प्रि-बुकिङ खुलाएको छ । ग्राहकले इभो स्टोर र ओलिज स्टोरका साथै आईफोनका रिटेल स्टाेरबाट आईएमई पेमार्फत् आईफोन १३ सिरिज अर्डर गर्नसक्ने छन् ।
यस अवधिमा अर्डर गर्ने ग्राहकले ३० हजार मूल्यका विभिन्न अफर प्राप्त गर्नेछन् ।
नेपाली बजारमा आईफोन १३ सिरिजअन्तर्गत चार माेडलका विभिन्न १४ स्टाेरेज भेरियन्टको प्रि-बुकिङ खुलाइएको छ ।
कसको मूल्य कति ?
| मोडल | मूल्य |
| आईफोन १३ मिनी (१२८ जीबी) | १,२०,९००/- |
| आईफोन १३ मिनी (२५६ जीबी) | १,३७,९००/- |
| आईफोन १३ मिनी (५१२ जीबी) | १,७१,९०० |
| आईफोन १३ (१२८ जीबी) | १,३७,९००/- |
| आईफोन १३ (२५६ जीबी) | १,५४,९००/- |
| आईफोन १३ (५१२ जीबी) | १,८९,९००/- |
| आईफोन १३ प्रो (१२८ जीबी) | १,७४,९००/- |
| आईफोन १३ प्रो (२५६ जीबी) | १,८९,९००/- |
| आईफोन १३ प्रो (५१२ जीबी) | २,२४,९०० |
| आईफोन १३ प्रो (१ टीबी) | २,५५,९९० |
| आईफोन १३ प्रो म्याक्स (१२८ जीबी) | १,८९,९००/- |
| आईफोन १३ प्रो म्याक्स (२५६ जीबी) | २,०५,९००/- |
| आईफोन १३ प्रो म्याक्स (५१२ जीबी) | २,३९,९९०/- |
| आईफोन १३ प्रो म्याक्स (१ टीबी) | २,७४,९९० |
के छ अफर ?
- Everest Hotel 15% off
- Roadhouse Cafe 10% off
- Being Human 10% off
- Neel David’s Salon 10% off
- Venturini Shoes 10% off
- Biker’s Mart 10% off
- Urban Food 15% off
- Cage fitness 15% off
- Right choice Nepal 25% off
- Options Durbarmarg upto 50% off
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
