close

गुगल अर्थमा यसरी हेर्नुहोस् ३७ वर्षदेखि काठमाडौंमा आएको परिवर्तन

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ १५:५६

गुगल अर्थमा यसरी हेर्नुहोस् ३७ वर्षदेखि काठमाडौंमा आएको परिवर्तन

काठमाडौं । काठमाडौंमा हरेक वर्ष परिवर्तन देखिन्छ । नयाँ सडक र घरहरु बनेका हुन्छन् । झन्, १० वर्षअघि र अहिलेको काठमाडौंमा धेरै परिवर्तन देखिएको छ ।

तर, काठमाडौं पहिला पहिला कस्तो थियो र अहिले कस्तो छ ? आज हामी तपाईंलाई गुगल अर्थको प्रयोग गरेर विगत ३७ वर्षमा काठमाडौं कसरी परिवर्तन भइरहेको छ भनेर हेर्ने तरिका सिकाउँदै छौं ।

गुगल अर्थले केही समयअघि आफ्नो टाइम ल्याप्स फिचर सार्वजनिक गरेको थियो । दुई करोड ४० लाखभन्दा बढी फोटोहरु प्रयोग गरी तयार पारिएको गुगल अर्थको टाइम ल्याप्स फिचरले काठमाडौंमा भएको परिवर्तन पनि देखाउँछ ।

प्रयोगकर्ताले आफ्नाे वेब ब्राउजरमार्फत काठमाडौंमा विगत ३७ वर्षमा भौतिक संरचना कसरी बढिरहेको छ भन्ने जानकारीसहित काठमाडौंको आवासको क्षेत्रफल कत्ति बढेको छ भन्ने जस्ता जानकारी हेर्न पाउँछन् ।

यो फिचरमा आफूले चाहेको स्थान खोजेर त्यसमा समयअनुसार आएको परिवर्तनको दृश्य हेर्न सकिन्छ ।

काठमाडौंमा विगत ३७ वर्षदेखि भइरहेको परिवर्तन हेर्न यहाँ क्लिक गर्नुहोस् । 

लिंकमा गएपछि खुल्ने विन्डोमा दायाँपट्टि टाइम ल्याप्स इन गुगल अर्थ (Timelapse in Google Earth) को तलपट्टी भएको विभिन्न वर्षको विकल्पमा क्लिक गर्दै हरेक वर्ष काठमाडौं कसरी परिवर्तन भएको छ, हेर्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१