close

गिफी किनेको जानकारी लुकाएको भन्दै फेसबुकलाई साढे ८ अर्ब जरिवाना

टेकपाना टेकपाना

कात्तिक ६, २०७८ २०:४८

गिफी किनेको जानकारी लुकाएको भन्दै फेसबुकलाई साढे ८ अर्ब जरिवाना

काठमाडौं । बेलायतको नियामक निकायले फेसबुकलाई करिब साढे ८ अर्ब रुपैयाँ जरिवाना गराउने भएको छ । नियामक निकायको निर्देशनविपरीत गिफी नामक कम्पनी किनेको र जानकारी लुकाएको भन्दै फेसबुकलाई ७० मिलियन अमेरिकी डलर अर्थात ८ अर्ब ३३ करोड रुपैयाँ जरिवाना तिराउने निर्णय भएको हो ।

सन् २०२० मा फेसबुकले ४० करोड अमेरिकी डलरमा गिफी नामक कम्पनी किन्ने प्रक्रिया सुरु गरेको थियो । तर, गिफी नामक कम्पनी किन्दा प्रतिस्पर्धामा असर पर्ने भन्दै नियामक निकायले दिएको निर्देशन नटेरेको भन्दै फेसबुकलाई जरिवाना तिराउने निर्णय भएको हो ।

बेलायतको प्रतिस्पर्धा र बजार प्राधिकरणले फेसबुकमाथि अनुसन्धान गर्दै जरिवाना तिराउनुपर्ने निर्णय गरेको हो । अनुसन्धानको क्रममा फेसबुकसँग मागिएको जानकारी समेत उपलब्ध नगराइएको प्राधिकरणले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१