close

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

टेकपाना टेकपाना

कात्तिक ९, २०७८ १६:३

ड्राइभिङ लाइसेन्सका लागि यसरी सजिलै भर्नुहोस् अनलाइन फर्म

काठमाडौं । ६ महिनापछि साेमवारदेखि सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) का लागि अनलाइन आवेदन खुला भएको छ । बायोमेट्रिक डेटका आधारमा आइतबार, सोमबार, मंगलबार र बुधबार कोटा उपलब्ध हुनेछ । उक्त कोटाभित्र तपाईंले आवेदन दिन सक्नुहुन्छ ।

यसअघि कोटा हटाउने भनिए पनि विभागले पुनः यसलाइ निरन्तरता दिएको छ । विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार देशभरबाट २१ कार्यालयको आ-आफ्नो क्षमता अनुसारको कोटा अन्तर्गत आवेदन संकलन गर्दा दिनमा करिब पाँच हजारमात्र आवेदन संकलन गरिने छ ।

कोटा सीमित भएका कारण सेवाग्राहीले विहानको समयमा अनलाइन आवेदन दिनपुर्ने बाध्यता छ ।

अनलाइन आवेदन दिने विषयबारे जानकारी नहुँदा हामी कतिपयले आवेदनका लागि विचाैलियालाई पैसा तिर्नुपर्ने अवस्था रहेको छ । त्यसैले यहाँ हामी तपाईंहरुलाई अनलाइन मार्फत सवारी चालक अनुमतिपत्रको आवेदन कसरी दिने भन्ने विषयमा प्रक्रियागत रुपमा जानकारी दिँदैछौ ।  

अनलाइन आवेदन दिने तरिका

त्यसका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) खोल्नुहोस् ।

त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा नयाँ विन्डो खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

यसपछि आउने नयाँ विन्डोमा ‘सिटिजनशिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘प्रोसिड’ मा क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।

जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ । तब, यदि तपाईं तोकिएको कोटाभित्र पर्नुभएको खण्डमा तपाईंको अनलाइन फारम विभागको सिस्टमले एक्सेप्ट गर्नेछ ।

यदि कोटाभित्र पर्नुभएन भने विभागले आजका लागि कोटा पुरा भएको जानकारी दिनेछ र तपाईंको फारम एक्सेप्ट हुनेछैन ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।

बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समयसमेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१