close

परिवर्तन भयो फेसबुकको नाम, यसरी हुनेछ ‘रिब्रान्डिङ’

टेकपाना टेकपाना

कात्तिक १२, २०७८ ७:२३

परिवर्तन भयो फेसबुकको नाम, यसरी हुनेछ ‘रिब्रान्डिङ’

काठमाडौं । गलत सूचना र समाचारको सम्प्रेषण अनि बारम्बार प्रयोगकर्ताको डेटा लिक भएका कारण धूमिल हुँदै गएको फेसबुकले आफ्नो कर्पोरेट नाम नै परिवर्तन गरेको छ । स्थापनाको १७ वर्षपछि बिहीबार फेसबुकले आफ्नो कर्पोरेट नाम अबदेखि ‘मेटा’ राख्ने निर्णय सार्वजनिक गरेको हो ।

यससँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ओकुलसको मुख्य कम्पनीको नाम अब मेटा इङ्क हुनेछ । बिहीबार आयोजित फेसबुकको एआर/भीआर केन्द्रित कार्यक्रमका दौरान फेसबुकका संस्थापक मार्क जुकरबर्गले नयाँ नाम घोषणा गरेका हुन् ।

नयाँ नामले मेटाभर्स निर्माण गर्ने कम्पनीको खास लक्ष्य र उद्देश्यलाई प्रतिबिम्बित गर्ने उनले बताए । ‘हामी को हौं र हामी के बनाउन चाहन्छौँ भन्ने कुराको प्रतिविम्ब देखाउन, आज म गर्वका साथ घोषणा गर्दछु कि आजदेखि सुरु हुने गरि कम्पनीको नाम मेटा हुनेछ ।’

‘हाम्रो उद्देश्य अझै पनि उही नै छ, मान्छेहरूलाई जोड्ने। हाम्रा एपहरू र हाम्रा ब्रान्डहरू भने बदलिने छैनन्’ जुकरबर्गले उक्त कार्यक्रममा भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१