close

‘सक्किगोनी’ अब ओटीटी प्लेटफर्ममा पनि, युट्युवमा अनधिकृत भिडिओ राख्नेविरुद्ध उजुरी

टेकपाना टेकपाना

कात्तिक १३, २०७८ १५:२५

‘सक्किगोनी’ अब ओटीटी प्लेटफर्ममा पनि, युट्युवमा अनधिकृत भिडिओ राख्नेविरुद्ध उजुरी

काठमाडौं । लोकिप्रिय हास्य टेलिश्रंखला ‘सक्किगोनी’ को पछिल्लो श्रंखला युट्युवमा अनधिकृत राख्नेविरूद्द उजुरी परेको छ । टेलिश्रंखला निर्माण कम्पनी जेपीटी क्रिएशन प्रालिले शनिबार नेपाल प्रहरीको साइबर ब्यूराेमा उजुरी दिएको हाे ।

टेकपानासँग कुरा गर्दै कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले युट्युवमा सक्किगोनीको लोगो र नाम दुरूपयोग गरी ‘सक्किगोनी अफिसियल’ नामको च्यानलबाट भिडिओ पोस्ट गर्नेविरुद्ध उजुरी दिएको बताए ।

आधिकारिक रूपमा आफूहरूले युट्युवमा भिडिओ पोस्ट नगरेको अवस्थामा टेलिभिजनबाट स्क्रिन रेकर्ड गरी नक्कली च्यानलबाट युट्युवमा भिडिओ पोस्ट भएको उनकाे भनाइ छ ।

साथै उनले गत बिहीवारदेखि नै सक्किगोनी सिरियल नेपालका ६ वटा ओटीटी प्लेटफर्मबाट उपलब्ध भएको जानकारी दिए । यसअन्तर्गत ओहो मुभिज, क्लियर टिभी, भाया टिभी, डिशहोम गो, नेटटिभी लगायत छन् ।

ओटीटी प्लेटफर्ममा जानुपर्ने भएकाले पछिल्लो एपिसोड आधिकारिक युट्युव च्यानल ‘जेपीटी क्रिएशन’ मा नराखिएको बताउँदै उनले आगामी एपिसोड नियमित रुपमा राखिने जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१