काठमाडौं । टेस्लामा रहेको आफ्नो शेयरको केही हिस्सा बेच्ने कि नबेच्ने भन्दै एलन मस्कले ट्विटरमा सर्वेक्षण गरेका छन् । उनले आफ्नो ६ करोड २५ लाख फलोअरमाझ सर्वेक्षण सुरु गरेका हुन् ।
मस्कले सन् २०२१ को चौथौँ त्रैमासिकमा आफ्नो शेयरको केही हिस्सा बेच्ने भन्दै आएका थिए । ‘टेस्लामा भएको मेरो १० प्रतिशत सेयर बेच्न प्रस्ताव गर्छु,’ मस्कले ट्विटमा लेखेका छन्, ‘तपाईँ यसलाई समर्थन गर्नु हुन्छ ?’
उनले ट्विटर सर्वेक्षणबाट आउने नतिजालाई आफूले पालना गर्ने पनि प्रतिबद्धता जनाएका छन् । टेस्लाको शेयरको मूल्य बढेपछि अन्य सेयर धनीहरूले पनि पछिल्लो समय शेयर बिक्री गरिरहेका छन् ।
Much is made lately of unrealized gains being a means of tax avoidance, so I propose selling 10% of my Tesla stock.
— Elon Musk (@elonmusk) November 6, 2021
Do you support this?
यो वर्षको तेस्रो त्रैमासिकमा टेस्लाले नाफा बढाएपछि कम्पनीको शेयरको मूल्य पनि अकासिएको छ । कार भाडामा दिने कम्पनी हर्ट्जले १ लाख टेस्ला कार किन्ने घोषणा गरेपछि कम्पनीको शेयरको मूल्य लगातार बढिरहेको छ ।
मस्कले गरेको ट्विटमा हालसम्म करिब ३२ हजार कमेन्ट भएको छ भने यो ट्विट करिब २३ हजार पटक रिट्विट भएको छ । ६८ हजार भन्दा बढीले यसलाई लाइक गरेका छन् । मस्कको टेस्लामा रहेको शेयरको १० प्रतिशतको मूल्य करिब २६ अर्ब डलर हुन्छ ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५
