close

अब युट्युवमा भिडिओको डिसलाइक संख्या हेर्न नमिल्ने

टेकपाना टेकपाना

कात्तिक २५, २०७८ १४:४

अब युट्युवमा भिडिओको डिसलाइक संख्या हेर्न नमिल्ने

काठमाडौं । युट्युवले सार्वजनिक रुपमा भिडिओमा हुने गरेको डिसलाइक काउन्टलाई निष्क्रिय गर्ने भएको छ । विश्वभर मासिक का दुई अर्ब प्रयोगकर्ता भएको यो भिडिओ प्लेर्टफर्ममा हुने ‘डिसलाइक अट्याक’ ह्यारेसमेन्ट रोक्ने उद्देश्यले युट्युवले यस्तो कदम उठाएको हो ।

बुधबार एक ब्लग लेख्दै युट्युवले भिडिओलाई मन नपराउनेको संख्या देखिँदा कन्टेन्ट क्रिएटर एवं भिडिओसँग सम्बन्धित व्यक्तिको सामाजिक प्रतिष्ठा, सुरक्षा र सम्मानमा प्रभाव परेको उल्लेख गरेको छ ।

डिसलाइक गणनाबाट भर्खर सुरूवात गर्दै गरेका कन्टेन्ट क्रियटरको मानसिक स्वास्थ्यमा अधिक प्रभाव पर्ने गरेको हालैको युट्युवको सर्वेक्षणले समेत देखाएको छ ।

यद्यपि डिसलाइक बटन नहटाउने र भिडिओ मन नपरेको जनाउन भने सकिने छ । यसरी भिडिओमा आएको डिसलाइकलाई क्रियटरले अलग्गै रहेर गन्न अर्थात् काउन्ट गर्न सक्नेछन् ।

‘परीक्षणका क्रममा केही प्रयोगकर्ताले लाइक र डिसलाइकको संख्याको आधारमा भिडिओ हेर्ने कि नहेर्ने भन्ने देखाउन भिडिओ पुरा नहेरेरै डिसलाइक गर्ने गरेको पत्ता लागेको छ । यसर्थ केही मानिस यो निर्णयसँग असमर्थ भएपनि हामीले उठाएको कदम जायज छ भन्ने विषयमा विश्वस्त छौं,’ युट्युवको ब्लगमा उल्लेख छ ।

यसअघि फेसबुक र इन्स्टाग्रामले २०१९ मा रियाक्सन फिचरको सर्वेक्षण गरेको थियो । यसपछि यी सामाजिक सञ्जालले प्रयोगकर्ताको मानसिक स्वास्थ्यमा गम्भीर असर परेको भन्दै लाइक गणना निष्क्रिय गर्न मिल्ने फिचर जारी गरेका छन् ।

त्यस्तै, ट्वीटरले पनि रिट्वीट र लाइकका कारण पर्ने प्रभाव कम गर्न कदम चालिसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१