close

विद्युतीय गाडी र इन्डक्सन चुलोलाई सरकारले प्रोत्साहन गर्छ : देउवा

टेकपाना टेकपाना

कात्तिक ३०, २०७८ १५:३०

विद्युतीय गाडी र इन्डक्सन चुलोलाई सरकारले प्रोत्साहन गर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय सामग्रीमा सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

देशमा भइरहेको अत्याधिक बिजुली उत्पादनको उपयोग गर्न छोडेर अझै पनि किन प्राकृतिक इन्धनमा आश्रित हुने भन्दै प्रधानमन्त्री देउवाले इन्डक्सन चुलो र विद्युतीय गाडीको उपयोगमा जोड दिएका हुन् ।

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान) को १९औं र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले विद्युतीय गाडी र चुलोको व्यवसाय गर्ने व्यवसायीलाई सहुलियत दिन सरकार तयार रहेको उनले बताए ।

देउवाले विद्युतीय गाडी र चुलोसँग सम्बन्धित भएर चलाएका व्यवसायहरूले सरकारसँग प्रस्ताव लिएर आए सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बढ्दो वायुप्रदुषणलाई नियन्त्रण गर्न विद्युतीय गाडी र विद्युतीय चुल्होको प्रयोग बढाउन सकिने उनकाे तर्क छ ।

‘आफ्नो देशको उत्पादनको खपत आफ्नै देशमा बढाउनुपर्छ । भोलि भारतले किन्दिएन भने के गर्ने ?’ उनले भने, ‘आफ्नो उत्पादनको उपयोग पहिले आफैंले गर्नुपर्छ । अरुलाई बिक्री गर्नेभन्दा पहिले आफ्नो प्रयोगको दायरा बढाउनुपर्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३