close

सफ्टवेयरले काम नगर्दा टेस्लाका हजारौं ड्राइभर कार बाहिरै

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १०:६

सफ्टवेयरले काम नगर्दा टेस्लाका हजारौं ड्राइभर कार बाहिरै

काठमाडौं । शुक्रबार रातिदेखि विश्वभर टेस्लाको सर्भर डाउन हुँदा सवारीधनीले आफ्नो गाडी प्रयोग गर्न पाएनन् । विशेषगरी गाडीको किकार्ड भन्दा पनि मोबाइलबाट गाडीमा कनेक्ट हुने चालकहरूले आफ्नो गाडी प्रयोग गर्न नसकेका हुन् ।

केही प्रयोगकर्ताहरू गएको गन्तव्यबाट समेत फर्किन नसक्ने अवस्था आएको थियो । शुक्रबार रातिदेखि नै केही टेस्ला प्रयोगकर्ताहरूले यस विषयमा रिपोर्ट गरेका थिए ।

यो समस्या उत्तर अमेरिकामा मात्र देखिए जस्तो भएपनि शनिबार बिहानसम्ममा कोरियाको सवारीधनीले एलन मस्कलाई नै मेन्सन गरेर ट्वीट गरेपछि यो समस्या विश्वभर नै देखिएको पत्ता लागेको हो । उक्त ट्वीटमा मस्कले ‘चेकिङ’ भनेर रिप्लाई गरेका थिए ।

धेरैजसो मोबाइल एप प्रयोग गरेका र किकार्ड साथमा नबोकेका प्रयोगकर्ताहरू समस्यामा परेका हुन् ।

टेस्लाको मोबाइल एपमा नयाँ अपडेट गर्दा सर्भर डाउन भएको थियो । डाउनडिटेक्टरमा मात्रै करिब ५४३ वटा रिपोर्ट परेको थियो ।

विद्युतीय गाडीहरू क्लाउड सर्भरमा अथवा मोबाइल एपमा भर पर्दा यस्तो समस्या आउन सक्ने हुँदा किकार्ड बोक्नु बुद्धिमानी हुनसक्छ । हाल यो समस्या विस्तारै समाधान भइसकेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३