close

पेगासस सफ्टवेयर बनाउने कम्पनीलाई एप्पलले हाल्यो मुद्दा

टेकपाना टेकपाना

मंसिर ८, २०७८ १४:३२

पेगासस सफ्टवेयर बनाउने कम्पनीलाई एप्पलले हाल्यो मुद्दा

काठमाडौं । मोबाइलमार्फत विभिन्न व्यक्तिको जासुसीको लागि प्रयोग भइरहेको सफ्टवेयर पेगासस निर्माण गर्ने कम्पनी एनएसओमाथि एप्पलले मुद्दा दायर गरेको छ । यसअघि नै फेसबुकको मातृ कम्पनी मेटाले पनि यो कम्पनीमाथि मुद्दा दायर गरिसकेको छ ।

एनएसओ ग्रुपले बनाएको पेगासस सफ्टवेयरले आइफोन प्रयोगकर्ताको पनि जासूसी गर्न सक्ने खबर बाहिरिएको थियो । एप्पलले भने एनएसओ ग्रुपले भविष्यमा आफ्नो कुनै पनि सफ्टवेयर, सेवा वा डिभाइस प्रयोग गर्न नसक्ने गरी दीर्घकालीन समाधान खोजिरहेको टिप्पणी गरेको छ । 

सरकारले विभिन्न व्यक्तिको फोनमा रहेको माइक्रोफोन, क्यामेरा र डेटा प्रयोग गरी जासूसी गर्न सक्ने गरी पेगासस सफ्टवेयर बनाइएको हो । विभिन्न व्यक्तिको जासूसी गर्नको लागि यो सफ्टवेयर प्रयोग भइरहेको खबर केही महिना अघि सार्वजनिक भएपछि विभिन्न देशले यो सफ्टवेयरलाई प्रतिबन्ध लगाइसकेका छन् । 

आफ्ना प्रयोगकर्तालाई पेगासस जस्ता सफ्टवेयर प्रयोग गरी हुन सक्ने दुर्व्यवहार रोक्न कम्पनीले यो सफ्टवेयर निर्माण गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको एप्पलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२