close

सस्तो मूल्यमा रियलमीका दुई स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १७:३४

सस्तो मूल्यमा रियलमीका दुई स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । चिनियाँ ब्राण्ड रियलमीले नेपाली बजारमा दुई नयाँ स्मार्टफोन ल्याएको छ । कम्पनीले मुरारका ब्राण्डसँग मिलेर नेपालमा नार्जो सिरिज भित्र्याएको हो ।

यसअन्तर्गत ‘नार्जो ५० आई’ (realme narzo 50i) र ‘नार्जो ५० ए’ (realme narzo 50A) स्मार्टफोन रहेका छन् । राम्रो गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताका लागि यी फोन उपयुक्त हुने कम्पनीको दाबी छ ।

मिडियाटेक हेलियो जी८६ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको ‘नार्जो ५० ए’ फोनलाई कम्पनीले पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोनको रुपमा चित्रण गरेको छ ।

फोनमा ५० मेगापिक्सेल ट्रिपल एआई क्यामेरा दिइएकाे छ । ६००० एमएएचको ब्याट्री रहेको फोनमा ओटीजी रिभर्स चार्ज र १८ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध छ ।

कम्पनीका अनुसार यो फोन ४ र ६ जीबी र्‍याम  र ६४ र १२८ जीबी रोम भेरियन्टमा बजारमा उपलब्ध छ ।

त्यस्तै ‘नार्जो ५० आई’ मा युनिस्को ९८६३ अक्टाकोरा प्रोसेसर छ । ५००० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा रिभर्स चार्जिङ समेत उपलब्ध छ ।

६.५ ईन्चको डिस्प्ले रहेको फोनमा ८ मेगापिक्सेलको एआईमा आधारित क्यामेरा छ । यो फोन २ र ४ जीबी र्‍याम र ३२ र ६४ जीबी रोम भेरियन्टमा बजारमा उपलब्ध भएको छ ।

‘नार्जो ५० ए’ मा ४ जिबी र्‍याम र ६४ जिबी स्टोरेज मोडलको बजार मूल्य १९ हजार ४९९ रूपैयाँ रहेकाे छ भने ४ जिबी र्‍याम र १२८ जिबी स्टोरेज मोडलको मूल्य २१ हजार १९९ रुपैयाँ रहेको कम्पनीले जनाएका छ ।

यस्तै, ‘नार्जो ५० आई’ को २ जिबी र्‍याम र ३२ जिबी स्टोरेज मोडलको बजार मूल्य १२ हजार ९९९ र ४ जीबी र्‍याम र ६४ जिबी स्टोरेज मोडलको बजार मूल्य १५ हजार ४९९ रहेको कम्पनीले जनाएको छ ।

ModelPrice
RealMe NARZO 50A (4GB+64GB)19,499/-
RealMe NARZO 50A (4GB+128GB)21,199/-
RealMe NARZO 50i (2GB+32GB)12,999/-
RealMe NARZO 50i (4GB+64GB)15,499/-

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२