close

यस्ता छन् इन्टरनेटमा धेरै प्रयोग हुने इमोजी

टेकपाना टेकपाना

मंसिर १८, २०७८ २०:३९

यस्ता छन् इन्टरनेटमा धेरै प्रयोग हुने इमोजी

काठमाडौं । इन्टरनेटमा ९२ प्रतिशत प्रयोगकर्ताले इमोजी प्रयोग गर्छन् । तर, इन्टरनेटमा धेरै प्रयोग हुने इमोजी कुन होला ?

संसारका विभिन्न भाषालाई कम्युटरले बुझ्ने गरी मापदण्ड तयार पार्ने युनिकोड कन्सोर्टियमले हालै इन्टरनेटमा लोकप्रिय इमोजीको सूची सार्वजनिक गरेको छ ।

युनिकोड कन्सोर्टियमका अनुसार इन्टरनेटमा कुल प्रयोग हुने इमोजीको पाँच प्रतिशत हिस्सा ‘टियर अफ जोय’ इमोजीको छ । हाँस्दाहाँस्दै आँशु खसेको देखिने यो इमोजी (?) इन्टरनेटमा सबैभन्दा बढी प्रयोग हुने इमोजी हो ।

यसपछि माया दर्शाउने इमोजी (❤️) सबैभन्दा बढी प्रयोग हुने तथ्यांक छ ।

इन्टरनेटमा तेस्रो धेरै प्रयोग हुने इमोजी रोलिङ अन दी फ्लोर लाफिङ (?) हो ।

त्यसपछि थम्सअफ इमोजी (?) सबैभन्दा बढी प्रयोग हुने तथ्यांक छ भने ठूलो स्वरले रोएको जस्तो देखिने इमोजी (?) पनि धेरै प्रयोग हुने सूचीमा छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२