close

फेसबुकमा किन गरिन्छ प्रोफाइल लक ?

टेकपाना टेकपाना

मंसिर २०, २०७८ १४:९

फेसबुकमा किन गरिन्छ प्रोफाइल लक ?

काठमाडौं । सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै प्रयोगकर्ताको सुरक्षाको विषय गम्भीर बन्दै गइरहेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल कम्पनीहरूले विविध फिचरहरू ल्याउने गरेका छन् ।

प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्ने लक्ष्यसहित फेसबुकले ‘प्रोफाइल लक’ गर्ने व्यवस्था गरेको छ । प्रोफाइल लक गरेपछि फेसबुकमा साथी नभएका व्यक्तिहरूले कुनैपनि गतिविधि हेर्न मिल्दैन । यसले गर्दा व्यक्तिको गोपनीयता सुरक्षित रहन्छ ।

नेपालमा भने प्रोफाइल लक फिचर उपलब्ध छैन । यसका लागि कतिपय प्रयाेगकर्ताले भीपीएन/प्राेक्सी प्रयाेग गरी याे फिचर उपलब्ध देशकाे नामबाट प्राेफाइल लक गर्ने गरेकाे पाइन्छ ।

फेसबुक प्रोफाइल लक गरेसँगै तपाईंको प्रोफाइल तथा कभर फोटो जुम गरेर हेर्न मिल्दैन । साथै प्रयोगकर्ताको पाँचभन्दा बढी सूचना जान्न सक्दैनन् ।

फेसबुकका प्रयोगकर्ताहरूले आफूलाई सुरक्षित रुपमा प्रस्तुत गर्न सकुन् र विशेषगरी सुरक्षाको विषयलाई खासै ध्यान नदिने महिला प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गरी फेसबुक प्रोफाइल लक गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हाे ।

त्यसैगरी फेसबुकले अफगानिस्तानमा तालिवानको आक्रमणबाट बचाउनका लागि प्रोफाइल लक गराउने व्यवस्था ल्याएको थियो । भारत, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, यूएई, फिलिपिन्स, बंगलादेश, मेक्सिको, क्यानडा, अमेरिका लगायतका देशमा यो फिचर उपलब्ध छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२