close

१२ सय ५० रुपैयाँमै भायानेटको १७५ एमबीपीएस इन्टरनेट

टेकपाना टेकपाना

मंसिर २३, २०७८ १०:१३

१२ सय ५० रुपैयाँमै भायानेटको १७५ एमबीपीएस इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट प्रालिले ‘अल्ट्रा–फाइ प्लान’ नामक योजना सार्वजनिक गरेको छ । यो सँगै प्रयोगकर्ताले मासिक १२ सय ५० रुपैयाँमै १७५ एमबीपीएससम्मको इन्टरनेट प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले इन्टरनेट र टिभी सहितको सस्तो योजनाको रुपमा बिहीवार ‘अल्ट्रा–फाइ प्लान’ सार्वजनिक गरेको हो ।

यस योजना अन्तर्गत ग्राहकले १७५ एमबीपीएस गतिको इन्टरनेटका साथै २ वटासम्म भायाटिभी उपलब्ध हुनेछ । प्रयोगकर्ताहरूलाई न्यूनतम मूल्यमा उच्चतम् इन्टरनेटको मज्जा दिने योजनाका साथ कम्पनीले यस्ता प्याकेज उपलब्ध गराएको हो । अल्ट्रा–फाई अन्तर्गत, कम्पनीले १२५, १७५ र २५० एमबीपीएसको तीन वटा प्लान सार्वजनिक गरेको छ ।

त्यसमध्ये १२ सय ५० रुपैयाँमा उपलब्ध हुने १७५ एमबीपीएसको प्याकेजलाई प्रमुख प्याकेजको रुपमा हेरिएको छ । यसमा ग्राहकले २ वटासम्म भायाटिभी सदस्यता प्राप्त गर्ने जनाइएको छ ।

यसका साथै यो प्याकेजमा भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजमा एक हजार रिवार्ड पइन्ट प्रदान गर्ने जनाएको छ ।

त्यतिमात्रै नभएर ग्राहकलाई इन्टरनेटमा थप नयाँ पन प्रदान गर्नका लागि १००० आफ्नो संरचनालाई अपग्रेड गर्दै नोकिया र सी–डाटासँगको साझेदारीमा डुअल ब्राण्ड ओएनयु (अप्टिकल नेटवर्क युनिट) प्रदान गरिरहेको छ ।

कम्पनीका अनुसार हाल उपलब्ध ओएनयुले मेश समेत सपोर्ट गर्नेछ । भने, चाँडै ग्राहकमाझ मेश वाई-फाई समेत उपलब्ध गराइने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२