close

माइक्रोसफ्ट टिम्समा देखिएको बगले एन्ड्रोइड फोनको इमर्जेन्सी कलमा समस्या

टेकपाना टेकपाना

मंसिर २६, २०७८ ८:५०

माइक्रोसफ्ट टिम्समा देखिएको बगले एन्ड्रोइड फोनको इमर्जेन्सी कलमा समस्या

काठमाडौं । माइक्रोसफ्टको भर्चुअल मिटिङ एप टिम्समा देखिएको एक बगका कारण एन्ड्रोइड अपरेटिङ सिस्टम भएका डिभाइसमा इमर्जेन्सी कल गर्ने फिचरमा समस्या देखिएको छ ।

गुगलका अनुसार टिम्समा देखिएकाे समस्याका कारण केही एन्ड्रोइड प्रयोगकर्ताले इमर्जेन्सी कल गर्ने सुविधा उपभोग गर्न पाएका छैनन् ।

एक अमेरिकी प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड फोनबाट एम्बुलेन्सबाट ९११ मा फोन गर्दा नलागेको भिडिओ अनलाइनमा पोष्ट गरेपछि यो तथ्य बाहिरिएको हो ।

टिम्समा देखिएको यो बग पहिचान भइसकेको गुगलले जनाएको छ । यो बगको समाधानको काम भइरहेको पनि कम्पनीले जनाएको छ ।

टिम्स एप र एन्ड्रोइड अपरेटिङ सिस्टमबीच समन्वय नमिल्दा यो समस्या देखिएको कम्पनीले जनाएको छ । यो समस्या समाधानको लागि माइक्रोसफ्ट र गुगल दुवैले उच्च प्राथमिकताका साथ काम गरिरहेको जनाइएको छ ।

यो बग समाधान गर्नका लागि माइक्रोसफ्टले आफ्नो टिम्स एपका लागि चाँडै नै नयाँ अपडेट ल्याउने तयारी गरेको छ ।

यस्तो समस्या भोगेका प्रयोगकर्ताले टिम्स एपलाई आफ्नो फोनबाट अनइन्स्टल गर्दा तत्कालको लागि समस्या समाधान हुने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२