close

बन्द भयो एमआरपी, यसरी लिनुहोस् ई-पासपोर्ट

टेकपाना टेकपाना

मंसिर २९, २०७८ १२:६

बन्द भयो एमआरपी, यसरी लिनुहोस् ई-पासपोर्ट

काठमाडौं । विद्युतीय राहदानीलाई पूर्णरूपमा प्रचलनमा ल्याउँदै राहदानी विभागले मंगलबारदेखि मसिन रिडेबल पासपाेर्ट (एमआरपी) जारी गर्न बन्द गरेको छ ।

विद्युतीय राहदानीलाई अनिवार्य बनाएसँगै विभागले एमआरपी पूर्णरुपमा बन्द गरेको हो । पुरानो मसिन रिडेबल राहदानीका लागि मंसिर २७ सम्म टोकन लिएका सेवाग्राहीलाई मात्र एमआरपी जारी गरिने विभागले यसअघि नै सूचना दिएको थियो ।

विद्युतीय राहदानी लिनका लागि इच्छुक व्यक्तिले यहाँ क्लिक गरी आवेदन दिन सक्नेछन् । विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुदाँ विभागले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र लिन आग्रह गरेको छ ।

हाल विभागले राहदानी विभागको कार्यालय, त्रिपुरेश्वर लगायत उपत्यकाभित्रका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट पनि राहदानीका लागि आवेदन संकलन र वितरण सुरु गरिसकेको छ ।

यद्यपि अन्य जिल्लामा पनि अबको एक महिनाभित्र यो सेवा विस्तार हुने विभागले जनाएको छ । एक वर्ष वा सोभन्दा बढी पुरानो राहदानीको म्याद हुनेको हकमा विद्युतीय राहदानी जारी हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२