close

डीआरसीका लागि प्राधिकरणसँग २ अर्ब २६ करोड माग, कर्मचारी युनियनको विरोध

टेकपाना टेकपाना

पुस ६, २०७८ ८:५०

डीआरसीका लागि प्राधिकरणसँग २ अर्ब २६ करोड माग, कर्मचारी युनियनको विरोध


काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले डिजास्टर रिकभरी सेन्टर(डीआरसी) का लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग २ अर्ब २६ करोड माग गरेको पाइएको छ । केन्द्रले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत डीआरसीको क्षमता विस्तारको लागि रकम माग गरेको हो ।

यो सँगै प्राधिकरण कर्मचारी युनियनले त्यसमा आपत्ति जनाएका छन् । प्राधिकरणको स्वतन्त्र कर्मचारी युनियनले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै त्यसको विरोध गरेको हुन् ।

‘केन्द्रले डिजास्टर रिकभरी सेन्टरको क्षमता विस्तारको लागि २ अर्ब २६ करोड ३ लाख रुपैयाँ प्राधिकरणबाट व्यवस्था हुन सक्ने नसक्ने सम्बन्धमा आवश्यक राय पेश गर्न प्राधिकरणलाई पत्राचार भएको भनी अनौपचारिक जानकारी प्राप्त भएको छ,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विषयमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

उनीहरूले प्राधिकरणको आफ्नै वार्षिक कार्यक्रम कार्यान्वयनको लागि समेत रकम अपुग भएको अवस्थामा सो रकम दिन नहुने बताएका छन् ।

साथै आर्थिक अध्यादेश २०७८ मा भएको प्रावधान बमोजिम प्राधिकरणले बजेट खर्च बाहेकका रकम अर्थ मन्त्रालयको कोषमा दाखिला गरिसकेको सन्दर्भमा प्राधिकरणको कार्यक्रमलाई नै असर पर्ने गरेर रकम उपलब्ध नगराउन समेत उनीहरूले माग गरेका छन् ।


 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२