close

टिकटक बनाउने र फोटो खिच्नेहरुको भिड बढेपछि हटाइँदै न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’

टेकपाना टेकपाना

पुस १८, २०७७ १७:५२

टिकटक बनाउने र फोटो खिच्नेहरुको भिड बढेपछि हटाइँदै न्युरोडको ‘अम्ब्रेला स्ट्रिट’

काठमाडौं । केही समययता काठमाडौंको न्युरोडस्थित संकटा मन्दिर वरपर मानिसहरुको भिड बढिरहेको छ । सडकमाथि राखिएका रंगीचंगी ६ सय वटा छाताकै कारण मानिसहरुको चाप दिनदिनै बढेपछि यो क्षेत्र ‘अम्ब्रेला स्ट्रिट’ का नामले चिनिन थालेको छ ।

टिकटक र अन्य सामाजिक सञ्जालमा यो ठाउँमा आएर फोटो र भिडियो खिच्नेको संख्या थामिनसक्नु भएपछि आइतबारदेखि सबै छाता हटाउन लागिएको संकटा क्लबका सचिव आशिषमान सिंहले बताए ।

काेराेनापछि बजारमा मानिसहरूकाे चहलपहल बढाउन ४ लाखकाे लगानीमा सडकमाथि छाता राखिएकाे थियाे ।

तर व्यापार बढ्नुकाे सट्टा उल्टाे टिकटक बनाउने र फाेटाे खिच्नेहरूकाे संख्यामात्रै बढेकाे र ट्राफिक व्यवस्थापनमा समेत समस्या सिर्जना भएकाले छाता हटाउन लागिएकाे क्लबले जनाएकाे छ ।

क्लबका अनुसार अहिलेसम्म अम्ब्रेला स्ट्रिट १० लाखभन्दा बढीले अवलाेकन गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०