close

५ हजार एमएएच ब्याट्री र ४ जीबी र्‍याम भएको सामसङको सस्तो फोन नेपाली बजारमा

टेकपाना टेकपाना

पुस २१, २०७७ १३:१८

५ हजार एमएएच ब्याट्री र ४ जीबी र्‍याम भएको सामसङको सस्तो फोन नेपाली बजारमा

काठमाडौं । सामसङले आफ्नो नयाँ फोन ग्यालेक्सी ‘एम ०२ एस’ नेपाली बजारमा सार्वजनिक गरेकाे छ । सामसङको आधिकारिक वितरक कम्पनी आईएमएस प्राइभेट लिमिटेडले यस फोनलाई विभिन्न आधिकारिक खुद्रा वितरकहरुबाट उपलब्ध गराएकाे छ ।

६.५ इन्चको एचडी प्लस डिस्प्ले भएको यस फोनको स्क्रिनमा भी आकारको वाटरड्रप नोच छ । यस फोनमा ५००० एमएएचको ब्याट्री ब्याकअप र १५ वाटको चार्जिङ छ ।

सामसङको यो नयाँ फोन ३ जीबी र्‍याम, ३२ जीबी इन्टरनल स्टोरेज र ४ जीबी र्‍याम, ६४ जीबी इन्टरनल स्टोरेज गरी दुई भेरियन्टमा छन् ।

नेपालमा भने ४ जीबी प्लस ६४ जीबी भेरियन्टकाे फाेन उपलब्ध छ, जसकाे मूल्य १५ हजार ९९९ रुपैयाँ ताेकिएकाे छ ।

याे फोनमा स्नापड्रागन ४६० १४ एनएमको प्रोसेसर रहेको छ । फोनमा क्यामेराको कुरा गर्दा यसमा ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ ।

यसका तीन रियर ब्याक क्यामेराहरु प्राइमेरी सेन्सर १३ मेगापिक्सल र दुई डेप्थ र पोट्रेट सेन्सरहरु दुई/दुई मेगा पिक्सेलका छन् । सेल्फी क्यामेरा यस फोनमा पाँच मेगा पिक्सेलको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१