close

फेसबुकलाई डेटा सेयर नगरे अब ह्वाट्सएप अकाउन्ट नै डिलिट हुने

टेकपाना टेकपाना

पुस २२, २०७७ १९:६

फेसबुकलाई डेटा सेयर नगरे अब ह्वाट्सएप अकाउन्ट नै डिलिट हुने

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले भर्खरैमात्र नयाँ प्राइभेसी पोलिसी अर्थात गोपनीयता नीति र सेवा शर्त सार्वजनिक गरेको छ । याे नीति तथा सेवा शर्तले अब तपाईंलाई फेसबुकसँग तपाईंको डेटा सार्वजनिक गर्न बाध्य बनाएको छ ।

ह्वाट्सएपले आफ्नो नीति तथा शर्तमा परिमार्जन भएको जनाउँदै उक्त नीति तथा शर्त स्वीकार्न भन्दै कतिपय प्रयोगकर्तालाई जानकारी दिइरहेको छ। उक्त नीति तथा शर्त एक्सेप्ट गर्ने/नगर्ने भन्ने विषय प्रयोगकर्ताको हो ।

तर, यदि तपाईंले साे नीति तथा शर्त एक्सेप्ट नगरेको खण्डमा आउँदो फेब्रुअरी ८ तारिखबाट तपाईंको ह्वाट्सएप अकाउन्ट डिलिट हुनेछ । उक्त नीतिमा ह्वाट्सएप प्रयोगकर्ताको डेटा फेसबुकसँग सेयर हुने उल्लेख गरिएको छ ।

‘ह्वाट्सएपमा तपाईंले गर्नुभएको च्याट, फोटो लगायतका फाइल फेसबुकको सर्भरमा रहनेछ,’ उक्त नीतिमा भनिएको छ ।

हाल यो नीति तथा शर्त छिमेकी भारत लगायतका केही देशका प्रयोगकर्ताको ह्वाट्सएपमा उपलब्ध भइसकेको छ । अबको केही समयपश्चात याे नीति सबै ह्वाट्सएप प्रयोगकर्तामा उपलब्ध हुने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१