close

विश्वकै धनी मस्कको रोजाइमा सिग्नल, ह्वाट्सएपको विरोधमा यस्तो लेखे

टेकपाना टेकपाना

पुस २४, २०७७ १९:५५

विश्वकै धनी मस्कको रोजाइमा सिग्नल, ह्वाट्सएपको विरोधमा यस्तो लेखे

काठमाडौं । ह्वाट्सएपले फेसबुकका अन्य ब्राण्डहरुसँग डेटा शेयर गर्ने बताएपछि विश्वकै धनाढ्य व्यक्ति एलन मस्क फेसबुकको विरोधमा उत्रिएका छन् । बिहीबार ह्वाट्सएपले आफ्नो प्राइभेसी पोलिसी अपडेट गर्दै संवेदनशिल डेटा सेयर गर्ने उल्लेख गरेको थियो ।

उनले ह्वाट्सएपलाई सतहीरुपमा मात्र इन्क्रिप्टेड सर्भिस भनेर प्रचार गरिएको भन्दै त्यसको सट्टा म्यासेजिङ सर्भिस सिग्नल नै प्रयोग गर्न उनले ट्वीटरमार्फत सुझाव दिएका छन् । मस्कको ट्वीटमाथि ट्वीटरका सीईओ ज्याक डोर्सेले पनि रिट्वीट गरेका थिए ।

सिग्नलको पक्षमा मस्कको ट्वीट आएलगत्तै सिग्नलको नयाँ प्रयोगकर्ता संख्या ह्वात्तै बढेको थियो ।

गोपनीयताका लागि फेसबुकविरुद्ध मस्कले धावा बोलेको यो पहिलोपटक होइन । उनले २०१८ मा उनले आफ्नो व्यक्तिगत फेसबुक पेज मात्र हटाएनन्, उनले टेस्ला र स्पेसएक्स कम्पनीको पेज समेत हटाएका थिए ।

तर ह्वाट्सएप र सिग्नलविरुद्ध चलिआएको लामो समयदेखिको युद्धमाथि मस्कको हस्तक्षेपकारी धारणा पनि अस्वभाविक भने होइन ।

किनभने इन्क्रिप्टेड म्यासेजिङ सर्भिस भनेर सुरु गरिएको दुवै सेवामध्ये ह्वाट्सएपले खुल्लारुपमा प्रयोगकर्ताहरुको डेटा संकलन गरी अभिभावक कम्पनी फेसबुकलाई दिन्छ ।

तर सिग्नलले भने डेटा माग गर्ने कुनै पनि संस्था वा कम्पनीको बर्खिलाप उत्रिएको इतिहास छ । साथै यसले प्रयोगकर्तालाई गोप्य राख्ने फिचर पनि थप गरेको छ ।

यसबाहेक इन्क्रिप्सन सेवा त धेरैले दिन्छन् तर सिग्नलले दिने सिग्नल इन्क्रिप्सन प्रोटोकल विश्वकै उत्कृष्ट मानिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१