close

साओमी एमआई ११ मा अडियो प्ले गर्दा अनौंठो हल्ला आएको गुनासो

टेकपाना टेकपाना

पुस २७, २०७७ १४:४९

साओमी एमआई ११ मा अडियो प्ले गर्दा अनौंठो हल्ला आएको गुनासो

काठमाडौं । साओमीले गत महिना आफ्नो नयाँ फ्ल्यागशिप मोडल एमआई ११ सार्वजनिक गर्‍यो । सो फोनमा क्वालकम स्नापड्रागन ८८८ चिपसेट पहिलोपटक प्रयोग भएको छ ।

जनवरी १ देखि अन्तर्राष्ट्रिय बजारमा उपलब्ध यो स्मार्टफोनमा साओमीले प्रयोगकर्ताहरुको प्रतिक्रिया लिन थालेको छ ।

यसबीच उक्त फोनमा अडियो प्ले गर्दा अनौंठो हल्ला उत्पन्न हुने गरेको गुनासा आएका छन् । प्रयोगकर्ताहरुले फोनको ब्याक कभरमा दबाब दिँदा त्यस किसिमको हल्ला उत्पन्न हुने बताइएको छ ।

साओमीले एमआई ११ अन्य साधारण फोनभन्दा फरक रहेको दाबी गरेकाे छ । उसका अनुसार फोनको आन्तरिक संरचना कस्टमाइज तथा अप्टिमाइज छ ।

यस फोनमा स्पेसल रियर क्याभिटी छ, जसले ब्याक कभरभित्रको सम्पूर्ण आन्तरिक स्पेसलाई स्टेरियो डुअल स्पिकरका लागि रियर क्याभिटीको रुपमा काम गर्दछ ।

यस डिजाइनले साओमी एमआई ११ लाई पूर्ण लो फ्रिक्वेन्सी पर्फमेन्स कायम गर्न अनुमति दिन्छ ।

तर फोनलाई थिच्दा यसले सम्पूर्ण रियर क्याभिटी स्पेसलाई असर गर्दछ र फोनमा हल्ला आउँछ । तर ब्याट्री कभरलाई थिचेर हटाएपछि यसले इन्टरनल स्पेस र हल्लामा परिवर्तन ल्याइदिन्छ ।

तर त्यस किसिमको हल्ला फोनमा ५ देखि १० सेकेण्डपछि हराएर जाने कम्पनीको दाबी छ । कम्पनीले फोनलाई धेरै नथिच्न प्रयोगकर्ताहरुलाई आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१