close

ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

टेकपाना टेकपाना

माघ ३, २०७७ २१:८

ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

काठमाडौं । ह्वाट्सएपले आफ्नो नयाँ गोपनीयता कानून र शर्त स्वीकृतिको समय सिमा थप गरेको छ । कम्पनीले प्रयोकगर्ताहरुलाई आगामी ८ फेब्रुअरीसम्ममा ह्वाट्सएपको नयाँ नीतिलाई स्वीकार गर्न अन्यथा सेवा नै बन्द गरिदिने घोषणा गरेको थियो ।

तर कम्पनीले हालै यो समयसिमालाई बढाएर १५ मे तोकेको छ । कम्पनीले आफ्नो घोषणाबारे प्रयोगकर्तालाई नोटिफिकेसन पनि पठाएको छ, जसलाई लिएर उसको आलोचना पनि भएको थियो । कम्पनीले ती डेटा अभिभावक कम्पनी फेसबुकसँग साझा गर्ने जानकारी समेत गराएको थियो ।

ह्वाट्सएपको यस्तो कदमपछि प्रयोगकर्ताहरुले ह्वाट्सएपलाई छाडेर सिग्नल तथा टेलिग्राम जस्ता अन्य विकल्पमा स्वीच गरेको थियो ।

तर ह्वाट्सएपले आफ्नो ब्लगपोस्ट मार्फत आफ्नो पछिल्लो घोषणालाई लिएर प्रयोगकर्ताहरु अस्पष्ट भएको जिकिर गरेको छ ।

उसले नयाँ अपडेटमा पनि मानिसहरुको व्यक्तिगत म्यासेजहरु सधै इन्क्रिप्टेड र गोप्य रहने सुनिश्चितता रहेको बताउँदै फेसबुक कम्पनीसँग डेटा शेयरको अभ्यास कुनै नयाँ घटना नभएको बताएको छ ।

कम्पनीले फेसबुकसँग यसअघि देखि नै प्रयोगकर्ताको फोन नम्बर तथा दर्ता नाम, फोनको मोडल तथा मोबाइल कम्पनी, आईपी एड्रेस, ह्वाट्सएपबाट हुने पेमेन्ट तथा वित्तिय कारोबारको जानकारी फेसबुकसँग साझा गर्दै आइरहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१