close

पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

टेकपाना टेकपाना

माघ ३, २०७७ २१:३९

पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

काठमाडौं । तपाईंको विण्डोज ल्यापटप पुरानो भएको छ भने त्यसलाई विस्थापन गर्नु राम्रो विकल्प होइन । ल्यापटपको लुक्सले मात्रै खुसी भएर पक्कै पुग्दैन । यसकाे पर्फमेन्स स्लाे भयाे भने सबैभन्दा चिन्ता तपाईंलाई नै हुने हाे ।

यसर्थ ल्यापटपलाई दीर्घायु बनाउने इच्छा छ भने तपाईंले केही हार्डवेयरलाई विस्थापन तथा सफ्टवेयरको मेन्टेनेन्स गर्नुपर्ने हुन्छ । त्यसपछि तपाईंको यो काम आर्थिक मितव्ययी मात्रै होइन, वातावरणमैत्री पनि बन्नेछ ।

१.  एसएसडी अर्थात् सोलिड स्टेट ड्राइभ हाल्नुहोस् 

कहिलेकाँहिँ मेकानिकल हार्ड ड्राइभले ठूलो कार्यभार उठाउनुपर्ने हुन्छ र त्यस्तो बेला कम्प्युटरको अन्य जिम्मेवारी थेग्ने गरी यो मज्जाले घुम्न सक्दैन । त्यस्तो बेला आफ्नो डीभीडी ड्राइभ निकाली दिनुहोस् र त्यसलाई सोलिड स्टेट ड्राइभ एसएसडी राखिदिनुहोस् ।

त्यसपछि तपाईंको ल्यापटपले राम्रो काम गर्न थाल्नेछ । अनि पुरानो ड्राइभमा गेम, भिडियो, र फोटोहरु स्टोर गर्न प्रयोग हुन सक्छ । 

सोलिड स्टेट ड्राइभमा फ्ल्यास मेमोरीको प्रयोग हुन्छ यो टिपिकल मेकानिकल हार्ड ड्राइभको हिस्साभन्दा कम भोलाटाइल हुन्छ । 

तपाईंलाई २.५ इन्चको सोलिड स्टेट ड्राइभ आवश्यक पर्दछ, जुन ५०० जीबी सामसङ इभो जस्तो हुन्छ । यसलाई तपाईंले अप्टिकल ड्राइभको ठाउँमा राख्न सक्नुहुन्छ । 

हार्डड्राइभ राखिसकेपछि विण्डोज इन्स्टल गर्न तपाईंले यसलाई फर्म्याट गर्नुपर्छ । अप्टिकल बे क्याड्डीमा भएको एसएसडीले अपरेटिङ सिस्टमलाई होस्ट गर्दछ । तपाईंको पुरानो हार्ड ड्राइभले भने शुद्ध स्टोरेजको रुपमा काम गर्नेछ । 

तर यदि ल्यापटपले सेकेण्डरी ड्राइभबाट विण्डोज बूट गर्न दिएन भने बीआइओएस मेनुबाट लिगेसी बूट टर्न अन गर्नुहोस् । 

२. अर्को र्‍याम थप गर्नुहोस् 

कुनै कुनै ल्यापटपमा तपाईंलाई चाहिए जति मेमोरी थप गर्न सकिन्छ । यदि तपाईं वर्ड प्रोसेसिङ र वेब ब्राउजिङ मात्र गर्ने हो भने ८ जीबीको र्‍याम तपाईंका लागि काफी छ ।

तर यदि तपाईं र फोटोलाई सम्पादन गर्न, एडोब अडिसन जस्ता एपमा अडियो उत्पादन तथा सम्पादन गर्न चाहनुहुन्छ भने तपाईंको ल्यापटपलाई सहज बातावरणमा प्रोग्राम प्रोसेस गर्न १६ जीबीसम्मको र्‍यामको खाँचो पर्दछ । 

तर तपाईंको ल्यापटपलाई कस्तो र्‍याम सुहाउँछ, त्यो चेक गर्नुहोस् । उदाहरणका लागि पुराना डेल ल्यापटपलाई डीडीआर टु र्‍याम ठीक हुन्छ भने २०१५ पछिका डेलहरुका लागि डीडीआर थ्री उपयुक्त हुन्छ । 

३. विण्डोज रिइन्स्टल गर्नुहोस् 

सुस्त चल्ने आफ्नो पुरानो ल्यापटपसँग दिक्क हुनुहुन्छ भने नयाँ विण्डोज इन्स्टल गरेर ताजा सुरुवात गर्नुहोस् । तपाईंले आफ्नो चलाइरहेको विण्डोजको भर्सनलाई रिसेट गर्न सक्नुहुन्छ । यसबाहेक यसलाई पुरै नयाँ रिइन्स्टल पनि गर्नसक्नुहुन्छ ।

विण्डोजलाई रिसेट गर्दा तपाईंको फाइलहरु सुरक्षित हुने अप्सन दिइन्छ, तर तपाईंको ल्यापटपसँग इन्स्टल नभएका सबै एप मेटिएर जान्छन् । तर विण्डोज रिइन्स्टल गर्दा तपाईंले रिसेटमा भन्दा धेरै अप्सन पाउन सक्नुहुन्छ ।

तर जुनै उपाय रोजे पनि तपाईंले आफ्नो फाइल, फोल्डर तथा डेटाहरुलाई ब्याकअप गर्न भने कहिल्यै नबिर्सनुहोस् ।

सेटिङभित्र अपडेट एण्ड सेक्युरिटीलाई सेलेक्ट गरेर विण्डाेज रिसेट गर्न सक्नुहुन्छ । रिकोभरीको मुनी तपाईंलाई पीसी रिसेट गर्ने अप्सन दिइन्छ त्यसलाई सेलेक्ट गरेर स्टार्ट गर्नुहोस् । त्यसपछि विण्डाेज आफैँ प्रोसेसमा रन हुन्छ । 

तर यदि तपाईंले विण्डोजलाई रिइन्स्टल गर्ने सोच निर्णय लिनुभयो भने तपाईंको भर्सनको सिरियल नम्बर छ र त्यो कतै लेखिएको छ भन्ने कुराको सुनिश्चित गर्नुहोस् । धेरै जसो यो ल्यापटपको तलतिर टाँसेर राखिएको हुन्छ ।

त्यसपछि विण्डोज इन्स्टलेसन प्याकेज माइक्रोसफ्टको डाउनलोड साइटबाट डाउनलोड गरी एक्सटर्नल स्टोरेजलाई छुट्याउनुहोस् । तपाईंले कम्तिमा ८ जीबी स्पेस भएको फ्ल्यास ड्राइभ वा युएसबी कनेक्ट भएको हार्ड ड्राइभ प्रयोग गर्नसक्नुहुन्छ ।

त्यो एप डाउनलोड भइसकेपछि त्यसलाई लन्च गर्नुहाेस् र क्रिएट इन्स्टलेसन मेडीया फर अनोदर पीसी सेलेक्ट गर्नुहोस् । यो एपले तपाईंको अपरेटिङ रिफ्रेसको लागि इन्स्टल प्याकेज क्रिएट गर्न फर्वाड प्रोम्प्ट दिन्छ । 

यो तयार भइसकेपछि फाइल एक्स्प्लोरर ओपन गरी इन्स्टलेसन मिडिया सहित ड्राइभ सेलेक्ट गर्नुहोस् । सेटअप. एक्सला२ डबल क्लिक गर्नुहोस् त्यसपछि विण्डो रिइन्स्टल गर्न विभिन्न अप्सनहरु आउँछन् । त्यहाँ तपाईंले इन्स्टल प्रक्रिया सुरु गर्न अघि विभिन्न अप्सनहरु सेलेक्ट गर्नसक्नुहुन्छ । 

४. विण्डोज टेनमा मुभ गर्नुहोस् 

यदि तपाईं विण्डोको पुरानो भर्सन प्रयोग गरिरहनु भएको छ भने विण्डोज टेनमा अपग्रेड गर्न बारे सोच बनाउनुहोस् । यसले तपाईंको ल्यापटपलाई सुपरचार्ज त गर्दैन तर यदि तपाईंको ल्यापटपलाई

यसले ह्याण्डल गर्नसक्छ भने  तपाईंको पुरानो भर्सनमा भएको एपलाई केही नयाँ, ताजा र राम्रा एपले विस्थापन गरिदिन्छ ।

विण्डोज सेभेन र ८.१ बाट टेनमा नि:शुल्क अपग्रेड गर्न सकिन्छ । अपग्रेड गर्नलाई यस्तो छ तरिका । 

५. स्टार्टअप प्रोग्राम र ब्याकग्राउण्ड एपलाई छाँटकाँट गर्नुहोस् 

यदि हार्डवेयर निकाल्ने वा विण्डोज रिइन्स्टल गर्ने अप्सनले काम गरेन भने ल्यापटपलाई फास्ट गर्न गर्न स्टार्टअप प्रोग्राम वा ब्याकग्राउण्ड एपलाई काँटछाँट गर्नुहोस् ।

यदि तपाईं विण्डोज टेन प्रयोग गर्दै हुनुहुन्छ भने टास्क म्यानेजरमा गएर स्टार्टअप सेलेक्ट गर्नुहोस् । त्यहाँबाट तपाईंले आफ्नो कम्प्युटर लगईन गर्दा के स्टार्ट हुन्छ ती कुराहरु देख्नसक्नुहुन्छ ।

त्यहाँ के कुरालाई निस्क्रिय राख्ने ताकि तपाईंले कमाण्ड गरेको बेला त्यो हट्न सकोस् भनेर चयन गर्नसक्नुहुन्छ । अझ राम्रो परिणामको लागि सूचीलाई सर्ट गर्न प्रयास गर्नुहोस् । यसबाट तपाईंले कुन एपहरु धेरै ठूला घातक हुन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । 

ब्याकग्राउण्डमा रन हुन अनुमति पाएका एपहरु ब्याट्री युसेज स्क्रीनमा देखा पर्छन् । ती एपहरुले तपाईंको पुरानो ल्यापटपको ब्याट्री खाएको छैन भने पनि तपाईंले त्यसलाई डिसेबल गर्नसक्नुहुन्छ ।

यसका लागि स्टार्ट मेनु खोलेर सेटिङ सेलेक्ट गरी प्राइभेसी आइकनमा ट्याप गर्नुहोस् । विकल्पमा अप्सन पाउन तपाईंले ब्याकग्राउण्ड एप पनि सर्च गर्नसक्नुहुन्छ । 

६. राम्रोसँग सफाई गर्नुहोस् 

ल्यापटपलाई ताजा र नयाँ बनाउने अर्को तरिका भनेको यसको सफाई नै हो । आफ्नो ल्यापटपका प्वाल तथा पोर्टहरु सफाई गर्नुहोस् ।

लामो समयदेखि थुप्रिएको फोहोरको पनि सफाई गर्नुहोस् । यसरी सरसफाई गर्दा प्रोसेसर र ग्राफिक्स कार्डले एकदमै राम्रोसँग काम गर्नेछ ।

ल्यापटपभित्र राम्रोसँग हावाको आवागमन हुन सक्यो भने यसले राम्रोसँग काम गर्छ । स्क्रीन क्लिनर पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसलाई माइक्रो फाइबरको कपडाले मात्र पुछ्ने गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१