close

पासवर्ड कमजोर भए अब गुगल क्रोमले नै दिनेछ जानकारी

टेकपाना टेकपाना

माघ ११, २०७७ २०:२३

पासवर्ड कमजोर भए अब गुगल क्रोमले नै दिनेछ जानकारी

काठमाडौं । गुगलले क्रोमको सुरक्षा फिचर सहितको नयाँ भसर्न भी८८ सार्वजनिक गरेको छ । यससँगै क्रोमले यदि तपाईंले राखेको कुनै पासवर्ड कमजोर भएको खण्डमा पासवर्ड परिवर्तन गर्न सुझाव दिनेछ ।

यो फिचर प्रयोग गर्न तपाईंले गुगल क्रोम अपडेट गर्नु पर्नेहुन्छ । गुगल क्रोम अपडेट भएको खण्डमा यो फिचर सहजै प्रयोग गर्न सकिने छ ।

यो फिचर प्रयोग गर्नुअघि एउटा कुरा भने ख्याल राख्नुपर्नेछ । त्यो हो, पासवर्ड गुगल क्रोममा सेभ भएको हुनुपर्नेछ ।

तपाईंले कुनै प्लेटफर्मको पासवर्ड क्रोममा सेभ गरेर राखेको खण्डमा अब क्रोमको सर्च बारमा गएर ‘chromeM//settings/passwords’ टाइप गर्नुहोस् । यति गरेसँगै त्यहाँ तपाईंले सेभ गरेका सम्पूर्ण पासवर्ड ईन्क्रिप्टेड फर्ममा देखा पर्नेछन् ।

उक्त पासवर्डसँगै रहेको ‘क्लिक नाउ’ मा क्लिक गरेपछि क्रोमले पासवर्ड जाँच गर्न सुरुगर्नेछ । यसले तपाईंलाई यदि तपाईंको पासवर्ड कमजोर भएको खण्डमा परिवर्तन गर्न अनुरोध गर्नेछ । पासवर्ड बलियो भएको खण्डमा पासवर्ड स्ट्रङ भनी देखाउने छ ।

नयाँ अपडेटको विषयमा जानकारी दिँदै गुगलले आफ्नो ब्लगमा लेखेको छ, ‘नयाँ फिचरको उद्देश्य साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई कम गर्नु हो । यसले सम्भावित साइबर आक्रमणबाट जोगिन मद्दत गर्नेछ ।’

कम्पनीका अनुसार यो फिचर हाल गुगल क्रोमको डेस्कटप र आईओएस संस्करणमा मात्रै उपलब्ध छ । चाँडै एन्ड्रोइड भर्सनमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४