close

अनलाइनबाटै राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

माघ ११, २०७७ १७:५

अनलाइनबाटै राष्ट्रिय वाणिज्य बैंकको खाता खोल्न सकिने, यस्तो छ तरिका

काठमाडौं । अब राष्ट्रिय वाणिज्य बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने भएको छ । ५६ औं वार्षिकोत्सव पारेर सरकारी स्वामित्वको बैंकले यस्तो सेवा सुरु गरेको हो ।

बैंकका अनुसार स्वदेश तथा विदेश जहाँबाट पनि अनलाइनबाट खाता खोल्न सकिनेछ । आज हामी तपाईंलाई अनलाइनबाटै राष्ट्रिय वाणिज्य बैंकमा खाता कसरी खोल्ने भन्ने विषयमा बताउँदै छौं ।

कसरी खोल्ने ?

सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

त्यहाँ तपाईंले खाता खोल्न आवश्यक कागजातको विवरण देख्न सक्नुहुनेछ । त्यसको अन्त्यमा रहेको प्रोसिड टु अकाउन्ट ओपनिङ फर्ममा क्लिक गर्नुहोस् ।

सेलेक्ट लेखिएको स्थानमा क्लिक गर्नुहोस् र न्यु अकाउन्टमा क्लिक गर्नुहोस् ।

अब त्यसैगरी अकाउन्ट टाइपमा गएर इन्डिभिजुअल छनौट गर्नुहोस् । तपाईं कहाँबाट खाता खोल्दै हुनुहुन्छ, त्यो खुलाउनुहोस् र आफूलाई पायक पर्ने शाखा रोज्नुहोस् ।

अब तपाईं कस्तो खाता खोल्न चाहनुहुन्छ, त्यस मूनी रहेको रातो रङ्गको अप्लाई नावमा क्लिक गर्नुहोस् ।

अब नयाँ फर्म खुल्छ, त्यसमा आवश्यक विवरण भर्नुहोस् र क्याप्चा मिलाएर प्रोसिड बटनमा दबाउनुहोस् । यति गरेसँगै तपाईंको खाता खोल्ने पहिलो चरण पुरा हुन्छ ।

अब भेरिफिकेसनका लागि तपाईंको ईमेलमा एउटा मेल आउनेछ ।

त्यसमा रहेको लिङ्कमा क्लिक गर्नुहोसे र आवश्यक कागजात तथा विवरण अपलोड गर्नुहोस् र सबमिट गर्नुहोस् ।

अब तपाईंले पठाएका सबै विवरण राष्ट्रिय वाणिज्य बैंकको टिमले रुजु गर्नेछ र अपुग भएको खण्डमा तपाईंको ईमेलमै त्यसको जानकारी आउनेछ ।

यदि सबै विवरण तथा कागजात सही भएको खण्डमा एक दिनभित्र तपाईंको ईमेलमा बैंक खाता नम्बर प्राप्त हुनेछ ।

यसरी खोलिएको खतामा तपाईंले तत्कालै रकम जम्मा गर्न सक्नुहुनेछ । तर खातामा भएको चेक लिन, रकम झिक्न तथा कारोबार गर्नका लागि भने तपाईंले सक्कली कागजात सहित बैंक शाखामै पुग्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३