close

आईक्लाउडको बग पत्ता लगाउने नेपाली ह्याकरलाई एप्पलले दियो झण्डै १२ लाख रुपैयाँ

टेकपाना टेकपाना

माघ १४, २०७७ १३:५५

आईक्लाउडको बग पत्ता लगाउने नेपाली ह्याकरलाई एप्पलले दियो झण्डै १२ लाख रुपैयाँ

काठमाडौं । साइबर सुरक्षा अनुसन्धानकर्ता पंकज ठाकुरले एप्पल कम्पनीको क्लाउड सर्भिस आईक्लाउडको बग पत्ता लगाएका छन् ।

२२ वर्षीय पंकजले आईक्लाउडमा फोटो अपलोड गर्दा एपीआई तथा टोकन नहुने भएकोले सबै इन्फाे (विवरण) सार्वजनिक रुपमा जाेकसैले पहुँच गर्न सकिने बग पत्ता लगाएका हुन् । 

उनले पत्ता लगाएको साे बगलाई कम्पनीले पाँच दिनअघि पहिचान गरेको हो । र, हाल याे बग प्याच (समाधान) भइसकेकाे जानकारी कम्पनीले दिएकाे छ ।

यसपछि पंकजलाई एप्पलले आफ्नो तर्फबाट १० हजार अमेरिकी डलर अर्थात् करिब ११ लाख ७० हजार रुपैयाँको बग बाउन्टी रिवार्ड प्रदान गरेको छ । 

No description available.

साथै यसै हप्ता उनले एप्पलको आरसीई अर्थात् ‘रिमोड कोड एक्जिक्युसन भल्नरेबिलिटी’ पनि पत्ता लगाएका थिए, जसमा ह्याकरहरुले एप्पलको सर्भरमा एक्सेस गर्न सक्दथे ।

एप्पलसँगको यो एउटा सहकार्य भएका कारण यसमा भने कुनै बाउन्टी रिवार्डकाे व्यवस्था छैन । आरईसीमा पंकजलाई उनकी सहकर्मी लक्ष्मी ठाकुरले समन्वय गरेकी थिइन् ।

महोत्तरीका पंकज हाल साइबर सेक्युरिटी कम्पनी सिन्याकमा कार्यरत छन् । हालसम्म एप्पल कम्पनीबाट आफूले १६ पटक बग बाउन्टी रिवार्ड हासिल गरिसकेकाे र ११ पटक एप्पलको हल अफ फ्रेमबाट सम्मानित भएकाे जानकारी उनले दिए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४