close

अमेरिकामा कालोसूचीमा परेपछि अदालतको शरणमा साओमी

टेकपाना टेकपाना

माघ १८, २०७७ १७:७

अमेरिकामा कालोसूचीमा परेपछि अदालतको शरणमा साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले अमेरिकाको वासिङटन अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपको प्रशासनले साओमीलाई कालोसूचीमा राखेको थियो ।

ट्रपको प्रशासन अन्तर्गत रहेको डिफेन्स डिपार्टमेन्टले यही जनवरीको मध्यतिर चिनियाँ फौजसँग जोडिएको भन्दै साओमी सहित ८ कम्पनीलाई कालो सूचीमा राखेको थियो । साथै समय अवधि नै तोकेर साओमीका अमेरिकी लगानीकर्तालाई शेयर बेच्न आदेश दिएको थियो ।

त्यसैको विरुद्द साओमीले अदालतकाे सहारा लिएकाे हाे । कम्पनीले दर्ता गरेकाे मुद्दामा अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका सचिव लोयड अस्टिन र सहसचिव जेनेट यलेनलाई विपक्षीमा राखिएको छ ।

उक्त मुद्दामा साओमीले चिनियाँ सैन्यपक्षसँग कुनै पनि सम्बन्ध नरहेको उल्लेख गरिएकाे छ ।

‘कम्पनीको ७५ प्रतिशत भोटिङ राइट को–फाउण्डर लिन बिन र लेइ जुनसँग रहेको छ,’ साओमीले भनेको छ, ‘बाँकी रहेको शेयर अमेरिकी नागारिक र इन्भेस्टमेन्ट कम्पनीको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१